नेपालमा फेरी थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २५० पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिइको परिक्षणमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बिहीवार भेटिएका कोरोना संक्रमित सर्लाही धान्कौल नगरपालिका निवासी ४५ वर्षीय पुरुष, धनुषा जनकपुर नगरपालिका निवासी र मिथिला नगरपालिका निवासी ४० वर्षीय पुरुष र २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिका र वलवा न.पा. निवासी १६ र ३५ वर्षीय पुरुषहरु रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य र रहेको छ भने संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया