काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ७ दिन अगाडि भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयले बिहीवार निकालेको सूचनामा कोरोना संक्रमण पुष्टि भएकी ६ वर्षीया बालिका टिचिङ अस्पताल महाराजगञ्जको न्युरो सर्जरी वार्डमा उपचाररत भएको पाइएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणका क्रममा कपिलवस्तुकी ति बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
न्युरो सर्जरी वार्डमा ६ बर्षिया बालिकामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको हो।
अस्पताल बालिका रहेको वार्ड सिल गर्ने तयारीमा जुटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया