काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोनभाइरस सायद कहिल्यै उन्मुलन हुन नसक्ने बताएको छ ।
कोरोना भाइरसको महामारीले लाखौँको मृत्यु भईसकेको भन्दै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीको उन्मुलन सायदै हुन नसक्ने चेतावनी दिएको हो।
डब्ल्युएचओका आपतकालीन निर्देशक माइकल रयानले जेनेभामा एक भर्चुअल कन्फरेन्सको क्रममा भविष्यमा पनि कोरोनाभाइरस उन्मुलन हुन नसक्ने र हामीमा रहिरराख्ने सम्भावना प्रचुर रहेको बताएका हुन् ।
एचआईभीको उदाहरण दिँदै उनले भने, ‘एचआईभी पनि अहिलेसम्म उन्मुलन हुन सकेको छैन, र कोरोना भाइरसको महामारीको हालत पनि अहिले त्यस्तै छ, अहिलेसम्म कसैले पनि यस विरुद्धको भ्याक्सीन बनाउन सकेका छैनन्, त्यसैले अवस्था झनै डरमर्दाे छ ।’
माइकल रयानले भ्याक्सीन बिना सर्वसाधारणलाई यो रोगका लागि प्रतिरोधी क्षमताको उपयुक्त स्तर हासिल गर्न वर्षौं लाग्न सक्ने समेत उल्लेख गरेका छन् ।
कोरोना भाइरसको औषधि तयार गर्न गरिएका हरेक प्रयाशहरु सफल नभइएरहेकोले यसमा थप चुनौति रहेको उनले बताए ।
उनले भने, ‘कोरोना भाइरसविरुद्धको १०० भन्दा धेरै भ्इाक्सीन बनाउने कोशिस भईरहेको छ तर संसारभरीका विज्ञले यस्ता कुनै भ्याक्सीन तयार हुनै नसक्ने बताएका छन् ।’
विश्वका विभिन्न देशले लकडाउन खुकुलो पार्न थालिसकेकामा चिन्ता व्यक्त गर्दै विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहनोम घेब्रेयेससले यसका कारण संक्रमण झनै तीव्र गतिले फैलिने बताएका छन् ।
घेब्रेयेससले भने, ‘थुप्रै देश हालको लकडाउनको स्थितीबाट बाहिर निस्कनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । तर विश्व स्वास्थ्य संगठनले संसारभरीका सबै देशलाई अलर्ट रहन सल्लाह दिइरहेको छ । प्रत्येक देशलाई अहिले पनि सबैभन्दा उच्चतम स्तरमा अलर्ट रहन आवश्यक छ ।’
लकडाउन खुकुलो पारिएको बारे रयाले आफ्नो पत्रकार सम्मेलनमा जुन देशले आफूलाई खुकुलो पारिरहेको छ त्यहाँ ‘जादुमय सोच’ ले काम गरिरहेको बताएका छन् । साथै उनले मानिसको जनजीवन सामान्यरुपमा फर्किन लामो समय पर्खनुपर्ने बताए ।
उनले भने, ‘हामीले वास्तविकताका साथ सोच्नुपर्ने हुन्छ, यो महत्वपूर्ण पनि छ । मेरो विचारमा कसैले पनि यो भाइरस कहिलेसम्म रहन्छ भन्ने बारे बताउन सक्दैन । यसका लागि कुनै वचन दिन सकिँदैन, न त कुनै मिति तोक्न सकिन्छ ।’
यो भाइरसको निदान खोज्नु एउटा लामो प्रक्रिया भएको बताउँदै रयानले कोरोना भाइरसबाट कहिल्यै मुक्ति मिल्न नसक्ने आशंका व्यक्त गरे ।
Media briefing on #COVID19 with @DrTedros https://t.co/euggX435FQ
— World Health Organization (WHO) (@WHO) May 13, 2020
उनले थपे, ‘यदि कोरोना भाइरस विरुद्धको औषधि तयार भइहाले पनि त्यो शुरुमा परीक्षण गरिनुपर्छ र कोरोनाभाइरसको नियन्त्रणका लागि निकै ठूलो प्रयासको आवश्यकता पर्दछ ।’
यस्तै विश्व स्वास्थ्य संगठनको महामारी रोग विशेषज्ञ मारिया वेन केरखोवेले, कोरोना भाइरसको महामारीबाट मुक्ति पाउन लामो समय कुर्नपर्ने कुरा आफ्नो दिमागमा राख्न आवश्यक रहेको बताइन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया