काठमाडौं ।बिहिवार ६ वर्षीय बालिकामा कोरोना भाइरसको संक्रमण देखिएसँगै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
त्यहाँ उपचाररत बालिकामा एक्कासी कोरोना संक्रमण देखिएपछि उनको उपचारमा संलग्न चिकित्सक, नर्स लगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
ती बालिकालाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो । न्यूरो वार्डमा उपचाररत उनलाई बिहीवार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
त्यससँगै न्यूरो वार्डमा रहेका अन्य ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ ।
उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको अस्पताल स्रोतले जनाएको छ ।
कोरोना संक्रमण देखिएसँगै टिचीङमा थप त्रास थपिएको छ । अति संवेदनशील बाहेकका बिरामीहरुलाई आफन्तहरुले घर फर्काउन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया