नयाँ ट्विस्ट : अष्ट्रेलियाको अन्तर्राष्ट्रिय ‘टेष्ट’ मागसँगै चीनको नयाँ चाल !

काठमाडौं । कोरोना भाइरसको महामारीबाट सारा विश्वमा अहिलेसम्म २ लाख ९८ हजार २९६ जनाको मृत्यु भईसकेको छ भने ४४ लाख ४१ हजार ८९१ जनालाई कोरोनाको संक्रमण भएको छ । जसका कारण विश्वको अर्थव्यवस्था धर्मराएको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरस फैलिनबाट रोक्नका लागि विश्वका वैज्ञानिक तथा डाक्टरहरु अहोरात्र खटिएका छन् ।

यसैबीच केहि देशहरुले कोरोना भाइरस चीनबाट उत्पत्ति भएर विश्वमा चीनले फैलाएको भन्दै आवाज उठाउन थालेका छन् ।

पहिलो अमेरिकाले खुलेआम कोरोना भाइरसको महामारी चीनले विश्वमा फैलाएको आरोप लगाएको थियो । अब अष्ट्रेलियाले पनि चीनकोविरुद्ध अन्तर्राष्ट्रिय चेकजाँच र अनुसन्धान गर्न माग गरेको छ ।

अष्ट्रेलियाले कोरोना भाइरस महामारीको अन्तर्राष्ट्रिय चेकजाँच गर्न माग गरेको छ । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय मागसँगै चीन डराएको छ ।

अष्ट्रेलियाको उक्त मागसँगै चीनले अष्ट्रेलियालाई दबाउनका लागि नयाँ चाल चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । चीनले व्यापारलाई हतियार बनाएर अष्ट्रेलियालाई ठूलो झड्का दिएको छ ।

चीनले यास कुराको पुष्टि गरेको छ कि,अष्ट्रेलियाको जौ आयातमा ८० प्रतिशत कर लगाउने बताएको छ ।

चीन र अष्ट्रेलियाबीचमा भईरहेको व्यापारको यो समस्याले भविष्यमा पनि अन्य समस्या सिर्जना हुने निश्चित देखिन्छ ।

त्यति मात्रै होइन, चीनले क्वीन्सल्याण्ड र न्यु साउथ वेल्सका चार मीट प्रोसेसिङ प्लान्ट्सबाट बीफ आयातमा पनि ब्याण्ड लगाएको छ ।

यसबाट यो कुराको पुष्टि हुन्छ कि,अष्ट्रेलियाको तर्फबाट कोरोनाको अन्तर्राष्ट्रिय परिक्षणको मागमा चीन खुशी छैन ।

चीनले जनाएको थियो आपत्ति

अष्ट्रेलियाले चीनमाथि कोरोना भाइरसको परिक्षणको मागको विषयलाई लिएर चीनले कडा आपत्ति जनाएको छ ।

अष्ट्रेलियामा चिनियाँ राजदूत चेंग जियांगले धम्कीको आवाजमा यस किसिमको कदम उठाउनुले चीनका मानिसहरुले अष्ट्रेलियाका विभिन्न वस्तु बहिष्कार गर्न सक्ने बताएका थिए ।

जियांगले भने, ‘कोरोना भाइरसको उत्पत्तिको बारेमा स्वतन्त्र जाँचको माग गर्नु एकदमै खतरनाक रहेको छ । अष्ट्रेलियाले जे गर्दैछ, त्यसबाट चीनका जनताहरु दुखी भएका छन् । यदि यो भन्दा पछि पनि हालत बिग्रियो भने चीनका जनताले त्यस्तो देश किन जाने, जो चीनसँग साथ मिलाउन चाहँदैन, साथै त्यस्तो देशमा पर्यटक पनि जानुभन्दा अगाडि सय पटक सोच्ने बताएको छ ।’

उनले धम्की दिँदै भने, ‘अष्ट्रेलिया पुरा चीनसँग निर्भर रहेको छ, चीनका सबै नागरिकहरुले अष्ट्रेलियन वाइन पिउन छोडिदिने भन्दै उनले चीनका जनताले अष्ट्रेलियाको बीफ किन खाने भन्ने अवस्था नआओस् ।’

वास्तविकता यो हो कि, यो भन्दा अगाडि मार्च सन् २०१९ मा क्यानडाको साथमा पनि चीनले यस्तै गरेको थियो ।

चीनले जहाजमा हानीकारक किटाणु पाइएको भन्दै क्यानडाको रिचर्डसन इन्टरनेशनलबाट कनोलाको आयातमा प्रतिबन्ध लगाएको थियो ।

त्यस बेला राजनीतिक विश्लेषकहरुले क्यानडा सरकारले चीनको हुवावे कम्पनीनीका सीएफओलाई गिरफ्तार गरेकोमा प्रत्युत्तरमा ब्यान्ड लगाएको बताएको थियो ।

चीनले पेश गर्यो वास्तविकता

अष्ट्रेलियाबाट आयात हुने कुराहरुमा प्रतिबन्ध लगाउने विषयलाई लिएर चीनले वास्तविकता बताएको छ ।

मंगलवार चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने, कस्टमको जाँचमा निरीक्षण तथा क्वारेन्टाइनका नियम उल्लंघन गरिएको पाइएपछि अष्ट्रेलियाबाट बीफ आयातमा प्रतिबन्ध लगाइएको छ ।

उनले भने, ‘अष्ट्रेलियामा चिनियाँ राजदूत चेंगको पूरा टिप्पणीलाई सावधानीपूर्वक पढियोस् । यस ब्यान्डमा अष्ट्रेलियाको जाँच मागमा कोहि सम्बन्ध छैन ।’

जानकारी होस् कि, अष्ट्रेलिया आफ्नो कुल बीफ उत्पादनको १८ प्रतिशत र जौ को कुल उत्पादनको ४९ प्रतिशत चीनमा निर्यात गर्दछ ।

चीनको यो निर्णयलाई त्यहाँको किसान महासंघले राजनीतिक प्रपोगान्डाको रुपमा प्रयोग गर्नुले चिन्ता थपिएको बताएको छ ।

चीनले कर वृद्धि गरेसँगै अन्य श्रोतहरु खोजि गरे अष्ट्रेलियाका स्थानीय कम्पनीहरु धरासायी नहुने र अर्थव्यवस्थामा थप नोक्शान नहुने थप समिक्षात्मक रिपोर्ट प्रश्तुत गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?