काठमाडौं । कोरोना संक्रमणको जोखिमलाई कम गरि आम मानिसको जीवन रक्षा गर्न पिसीआर परीक्षणको दायरा बढाउन सर्वाेच्च सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
पीसीआर परीक्षणको दायरा बढाउन र त्यसको अभाव हुन नदिन न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आदेश दिएको हो ।
पिसीआर परीक्षणको दायरा बढाउन माग राख्दै अधिवक्ता कमलबहादुर खत्रीसहित अन्यले रिट दायर गरेका थिए । खत्रीले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी समेत गरिएको जनाएइको छ ।
यदि सर्वसाधारणले कोरोना भाइरससँग सम्बन्धित रिट लिएर गएका निवेदकले अन्तरिम आदेशको माग गरे पनि अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुनुपर्ने प्रावधान रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया