नेपालमा कोरोना अपडेट : २२ जिल्लामा फैलियो संक्रमण, २ सय ४६ जनामा कोरोना पुष्टि

काठमाडौं – नेपालमा आज (बिहिबार) थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ४६ पुगेको छ ।

स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयका अनुसार बिहान थपिएका दुई संक्रमित र पछिल्लोपटक भरतपुरस्थित ‘कोभिड – १९’ अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा नवलपरासी देवचुली नगरपालिका – १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौंको चन्द्रागिरीका ३२ वर्षीय पुरुष तथा कपिलवस्तुकी ६ वर्षीया बालिकामा आज कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको अहिले स्वास्थ्य अवस्था सामान्य रहेको छ भने संक्रमित चिकित्सकको निगरानीमा रहेका छन् ।

नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डाक्टर देवकोटाले दिएको जानकारीअनुसार हालसम्म कोरोना संक्रमण पुष्टि भई अस्पतालमा उपचार गरेर निको भई घर जानेको संख्या ३५ रहेको छ ।

नेपालमा २२ हजार ६६४ वटा पिसीआर विधीबाट जाँच गरिएको छ भने आरडिटी विधीबाट ६२ हजार ३ सय २७ वटा जाँच गरिएको छ ।

उनका अनुसार पीसीआर परीक्षण गत माघ १४ देखि सुरु भएको थियो । नेपालमा कोरोनाको पहिलो कोरोना संक्रमित पुष्टि हुँदा नेपाल बाहिर परिक्षण गरिएको थियो ।

गत २४ घण्टामा मात्रै पिसीआर विधीबाट १ हजार ३ सय ६३ जनामा परिक्षण गरिएको छ भने आरडिटी विधीबाट गत २४ घण्टामा २ हजार ८ परिक्षण गरिएको छ । यो परिक्षण गत चैत १९ देखि सुरु भएको थियो ।

मन्त्रालयले प्रादेशीक विवरण दिँदै प्रदेश १ मा ८ हजार ६ सय ७३ वटा परिक्षण गरीएको जनाएको छ ।

प्रदेश २ मा ५ हजर ९ सय ६४, वाग्मती प्रदेशमा ९ हजार ८ सय ६१, गण्डकी प्रदेशमा ६ हजार ७ सय १६, प्रदेश ५ मा ७ हजार ९ सय ११ कर्णाली प्रदेशमा ७ हजार ३ सय ७, सुदूरपश्चिम प्रदेशमा १५ हजार ८ सय ९५ वटा परिक्षण गरिएको छ ।

यस्तै नेपालमा क्वारेन्टाईनमा बस्नेको संख्या १५ हजार ६०० पुगेको छ ।

नेपालमा क्वारेन्टाईनका लागि बनाईएको बेड संख्या ५३ हजार ८ सय ३५ हो ।

प्रदेश १ मा ८ सय २० जना, प्रदेश २मा १६९६ जना वाग्मती प्रदेशमा १०९ जना गण्डकी प्रदेशमा २८६ जना प्रदेश ५ मा ७ हजार ९ सय ५८ जना, कर्णालीप्रदेशमा १६ सय ४ जना, सुदूरपश्चिम प्रदेशमा ३ हजार १सय २७ जना क्वारेन्टाईनमा रहेका छन् । त्यस्तै आईसोलेसनमा बस्नेको संख्या २ सय ७२ हो । काठमाडौंमा ६ र काठमाडौंबाहिर २ सय ६६ गरी कुल २ सय ७२ जना संक्रमित तथा संभावित संक्रमित नेपालका विभिन्न अस्पतालमा चिकित्सकको निगरानीमा रहेका छन् ।

प्रदेश नम्बर १ मा २१ जना, प्रदेश २ मा १ सय १ जना वाग्मती प्रदेशमा ३७ जना गण्डकी प्रदेशमा १ जना प्रदेश ५ मा ११२ जना बसेका छन् ।

यस्तै मन्त्रालयको निशुल्क सम्पर्क नम्बर ११३३ र १११५ मा गत २४ घण्टामा १४९७ वटा कल आएकोमा ति सबैको चिकित्सकले जवाफ दिएका छन् ।

त्यस्तै मन्त्रालयको मोबाईल एप्लिकेसन, र वेवपेजमा नेपालका विभिन्न स्थानबाट भरिएका विवरणको आधारमा कुल ३ सय ५९ जना ‘रेड जोनमा’ परेका छन् । गत २४ घण्टामा मात्रै ७ सय ४२ जनाले यो विवरणमा स्वमूल्याकंनको फाराम भरेकोमा ४ जना संभावित संक्रमितको सूचीमा अर्थात् रेड जोनमा परेका छन् ।

यसैबीच कोरोना संक्रमणको जोखिमलाई कम गरि आम मानिसको जीवन रक्षा गर्न पिसीआर परीक्षणको दायरा बढाउन सर्वोच्च सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

कोरोना अपडेट : विश्वभर २ लाख ९८ हजार बढीको मृत्यु

कोरोनाभाइरसका कारण विश्वभर २ लाख ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४४ लाख ३० हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा विश्वभर ८८ हजार २२० जना नयाँ संक्रमित भेटिएका छन् । अघिल्लो दिन पनि ८५ हजार ३१२ जना नयाँ संक्रमित भेटिएका थिए । विगत २४ घण्टाको अवधिमा ५ हजार ३१४ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४६ हजार मानिसको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २४ लाख २४ हजार अर्थात् करिव ९८ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३३ हजार १८६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ७७२ जनाको मृत्यु भएको छ जबकी अघिल्लो दिन यहाँ १ हजार ६३० जनाको ज्यान गएको थियो । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ८५ हजार १९७ पुगेको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ । विगत २४ घण्टामा इटालीमा १९५, स्पेनमा १८४ र फ्रान्समा ८३ जनाको ज्यान गएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १३ हजार १५८ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा ७५४ जनाको ज्यान गएको छ । रासस

कोरोनाभाइरस महामारीको पछिल्लो स्थिति

क्र.सं.           महादेश              कूल संक्रमित          निको भएका                कूल मृत्यु

विश्वभर                        ४४,३०,२४२              १६,६१,५३६               २,९८,१८३

१.               युरोप                 १६,९६,३९१               ७,०५,३२१                  १,५७,३८२
२.         उत्तर अमेरिका          १५,७२,३१९               ३,८५,३२४                   ९५,७७०
३.          एसिया                    ७,२१,७९२                 ४,०७,६६६                 २३,२६९
४.        दक्षिण अमेरिका         ३,५६,४५५               १,२७,९१८                     १९,१२१
५.       अफ्रिका                    ७३,९७४                  २६,२५०                        २,५०७
६.    ओसेनिया (अस्ट्रेलिया)      ८,५९०                   ७,८०६                           ११९

दक्षिण एसियाली मुलुकहरु

१.        भारत                       ७८,१९४                     २६,४००                        २,५५१
२.       पाकिस्तान               ३५,७८८                     ९,६९५                            ७७०
३.       बंगलादेश                १७,८२२                       ३,३६१                             २६९
४.      अफगानिस्तान          ५,२२६                         ६४८                               १३२
५.       श्रीलंका                   ९१५                            ३८२                                   ९
६.      माल्दिभ्स                 ९५५                             ४०                                    ४
७.      नेपाल                      २४६                            ३५                                     –
८.      भुटान                      १५                                 ५                                      –

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

कालिमाटी तरकारी बजारमा गरियो कोरोना परीक्षण

नवलपरासीमा भेटिएका कोरोना संक्रमित अवैध बाटो हुँदै नेपाल आएका थिए

नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, २४६ पुगे संक्रमित

फोटोमा हेर्नुहोस् – सुनसान देखियो टिचिङ ! 

लकडाउनको ५२ औं दिन १७ तस्वीरमा 

कोरोनाको नयाँ रुप देखिएपछि वुहानमा १.१ करोड मानिसको परिक्षण शुरु 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?