महामारीकाबीच अमेरिकामा ‘हाई अलर्ट’

काठमाडौं । अमेरिकाका केहि राज्यहरुमा अझै पनि मौसमाको खतरा गईसकेको छैन ।

नेशनल वेदर सर्भिसका अनुसार अघिल्लो हप्तासम्म मौसमको कहरले सताईराख्नेछ । मौसम विभागका अनुसार अमेरिकाका केहि राज्यमा तुफानको खतरा रहेको छ । अमेरिका कोरोना भाइरसबाट अति प्रभावित देश हो ।

अहिलेसम्म अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ८५ हजार २६८ जनाको मृत्यु भईसकेको छ भने १४ लाख ३२ हजार ८६ जनालाई संक्रमण भएको छ । यसैबीच भयंकर तुफानको चेतावनीले थप चिन्ता थपिएको छ ।

Accuweather.com का अनुसार मौसम विशेषज्ञहरु लगातार स्थितिमाथि नजर लगाईरहेका छन् । सोमवार र मंगलवार उत्तरी तथा पश्चिमी टेक्सासका केहि भागमा आँधीको साथै भीषण वर्षा भएको थियो ।

दक्षिणी मैदानी क्षेत्रमा रातभरि आँधी, हावा र असिना पानी परेको थियो । साथै केहि ठाउँमा चट्याङका कारण ठूलो नोक्सान पुगेको छ ।

त्यस्तै मंगलवार पूर्वी न्यु मेक्सिकोबाट मध्य टेक्सास र दक्षिणी ओक्लाहोमासम्म एक चक्रवाती तूफान सक्रिय भएको थियो । त्यहाँ आँधी तथा तुफान र असिना पानीले अत्याधिक नोक्शान पुर्याएको थियो ।

एक हप्तासम्म खतरा

वेदर सर्भिसका अनुसार, मौसमको परिवर्तन अघिल्लो हप्तासम्म जारी रहनेछ । यस समयमा भयंकर तुफान आउन सक्नेछ ।

यसको सबैभन्दा धेरै प्रभाव मध्य अमेरिकामा पर्ने बताइएको छ ।

नेब्रास्का, कन्सास, ओक्लाहोमा र टेक्सासका पश्चिमी र केन्द्रिय क्षेत्रमा अघिल्लो २४ घण्टामा केहि साना ठूला तुफान आउन सक्नेछन् ।

यस बेला ७० किमीको रफ्तारमा तीव्र हावा चल्ने र भीषण वर्षा हुने बताइएको छ । यस तुफानले कन्सास, ओक्लाहोमा सिटी र एबिलिन तथा टेक्सासमा ठूलो बाढी आउन सक्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?