काठमाडौं । बिहीवार काठमाडौंको चन्द्रागिरीमा नगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका ३२ वर्षीय पुरुष काठमाडौं बाहिरबाट आएको खुलेको छ ।
स्थायी घर नेपालगञ्ज भएका ती पुरुष शसस्त्र प्रहरीमा कार्यरत छन् । साथै उनी बिदामा नेपालगञ्ज गएर फर्किएको खुलेको छ ।
उनी यस अघि भेटिएकी कोरोना संक्रमित २५ वर्षीय युवतीसँग एउटै गाडीमा काठमाडौं आएको पनि सशस्त्र प्रहरी स्रोतले जनाएको छ । तर उनी प्रहरी कार्यालय नपुग्दै आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए ।
साथै उक्त गाडीमा आएका अन्य मानिसहरुको पनि स्वास्थ्य परीक्षण गरिरहेको स्रोतले जनाएको छ ।
उनीहरु नेपालगञ्जबाट सवारी पास बनाएर तीन दिन अघि मात्र काठमाडौं आएका थिए ।
कोरोना अपडेट : विश्वमा यस्तो छ महामारीको पछिल्लो अवस्था
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया