अफगान सेनाको कारबाहीमा ७० तालिबान विद्रोही मारिए

त्रिकोट, ५ फागनु । अफगानिस्तानको हवाई सेनाले बिहीबारदेखि जारी राखेको हवाई कारबाहीमा परी कम्तीमा पनि ७० जना तालिबान मारिएको समाचार छ दक्षिणी अफगानिस्तानको उरुज्गान प्रान्तमा अफगानिस्तानको सेनाको नेतृत्वमा भएको कारबाहीमा परी ७० जना तालिबान सशस्त्र लडाकू मारिएका र त्यस कारबाहीमा अरु १५ जना घाइते भएका छन् घाइते भएका ती लडाकूहरुलाई हातहतियारसहित नियन्त्रणमा लिइएको समाचारमा जनाइएको छ अफगानिस्तानको सेनाका प्रवक्ता खजवा यायाले भने, ‘बिहीबारदेखि यहस देशका सत्रु विरुद्धको कारबाही जारी रहेको छ र यस क्रममा शनिबार बिहानसम्म ७० जना तालिबान मारिएका छन् ।’यस क्रममा तालिबान आतंककारीहरु लुकेर बस्ने गरेका कम्तीमा १२ वटा आश्रयस्थल पनि ध्वस्त बनाइएको समाचारमा उल्लेख गरिएको छ त्यस क्रममा ती आश्रयस्थलमा रहेका केही हतियारहरु पनि ध्वस्त भएका अफगान सेनाका प्रवक्ता यायाले जानकारी दिएका छन् सो क्षेत्रमा तालिबान लडाकूहरुको बाक्लो उपस्थितिको सूचनाका आधारमा सेनाले बिगतका केही समयदेखि यहाँ कारबाही जारी राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?