होसीयार ! पैसाको लेनदेन गर्दा सर्न सक्छ कोरोना, एटिएम चलाउँदा अपनाऔँ सावधानी

काठमाडौं । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को प्रभाव विश्वभर फैलिएको छ ।

नेपालमा तिव्र गतिमा यो संक्रमण फैलिएको छ । लकडाउनको समय आगामी जेठ ३२ गतेसम्म कायमै गरिएको छ । तर केही दिनयता व्यापारीहरुले क्रमिक रुपमा बजार खाचेल्नुपर्छ भन्दै ‘सटर तानेका’ छन् । सडकमा सवारीको चाप बढेको छ ।कारोबार हुन थालेको छ । एटिमहरु प्रयोगमा आईरहेका छन् ।

लकडाउन जारी रहेकै अवस्थामा पनि नेपालमा तिव्र गतिमा संक्रमित र मृतक बढेका कारण अब मानिसहरु क्रमिक रुपमा आफ्नो पुरानो दैनिकीमा फर्कने तयारी गरिरहेका छन् ।

अब लकडाउन भएको सिटी वा जिल्लामा बस्नु मात्र कोरोनाबाट बच्नु वा सुरक्षित हुनु होइन रहेछ भनेर धेरैलाई थाहा भएको कुरा हो । तर के तपाईलाई थाहा छ ? नोट वा सिक्का पैसाको लेनदेन अब ‘महँगो’ सावित हुनसक्छ । त्यसैले यहाँ केहि सावधानीका टिप्स दिईएको छ ।

तपाईले छोएको वा आर्थिक कारोवारमा प्रयोग गरेको कागजी नोट वा सिक्का पैसामा पनि भाइरस हुन सक्दछ ।

यस अगाडि नै धेरै प्रयोगमा आउने भएकोले यस्ता नोट वा सिक्कामा भाइरस अर्थात ‘जम्स’ हरु रहने चिकित्सकहरुले बताइसकेका छन् ।

कोरोना संक्रमित व्यक्तिले छोएको नोटर पैसाबाट पनि तपाईलाई कोरोना संक्रमण हुन सक्ने भएकोले होशियारी हुन वा यसको विकल्प खोज्न चिकित्सकले सुझाएका छन् । त्यसैले आम मानिसहरुले ‘क्यास’ को ठाउँमा ‘डिजिटल पेमेन्ट’ गर्न आवश्यक छ ।

क्यासको आदानप्रदानमा पूर्णतया सतर्क रह्यो भने मात्र हामी कोरोनाबाट बच्न सकिनेछ । किनभने क्यास लिनको लागि तपाईले एटीएममा जानुपर्ने हुन्छ ।

त्यहाँ जाँदा दोश्रो व्यक्ति पनि रुपैयाँ लिन गएको हुन्छ नै । त्यस्तो बेलामा यदि कोहि पनि व्यक्ति संक्रमित भएको रहेछ भने तपाईलाई पनि त्यहिबाट संक्रमण हुन सक्दछ ।

त्यसको साथै अर्को व्यक्तिबाट नोट लिँदा पनि खतरा त्यत्तिकै सम्भावना रहन्छ । किनभने अर्को व्यक्तिले पैसा दिँदा उसको हातमा भएका वा श्वासप्रश्वास लिँदा हावामा फैलिएका जीवाणु वा खोक्दा उछिटिएका थुकका थोपाहरुबाट दोश्रो व्यक्तिलाई सर्दछ । तर जीवाणु सहजै आँखाले नदेखिने भएकोले हामी हाम्रो आफ्नै काममा ध्यान दिन्छौँ तर यतिबेलासम्म सुक्ष्म दर्शक यन्त्रको सहायताले मात्र हेर्न मिल्ने आकारका स- साना जीवाणु दोश्रो व्यक्तिको शरीरमा प्रवेश गरिसकेको हुन्छ । स्मरण होस्, यो जीवाणु बिरुद्धको औषधी अहिलेसम्म पत्ता लाग्न वा बन्न सकेको छैन । यद्यपी विश्वका विकसित मुलुकहरुले दिन रात खटेर भ्याक्सिन पत्ता लगाउने कोशिस गरिरहेका छन् । हामी अनभिज्ञ हुन्छौँ ।

त्यसैले नोटपैसाबाट पनि कोरोना सर्न सक्ने खतरा हुन्छ ।

त्यसमाथि एटीएम मेसिनका बटनहरु धेरै मानिसहरुको प्रयोगमा आउने भएकोले यस्ता उपकरण प्रयोग पछि साबुन पानीले हात धुने र सानो आकारको स्यानिटाइजर आफूसँगै राखी बेला बेलामा प्रयोग गरिरहनु पर्दछ । एटीएमको बटन थिचेपछि वा पैसा चलाएपछि हात नधोईकन आफ्नो हात अनुहारमा चलाउने, हातले नाक मुखमा छुनेजस्ता क्रियाकलाप गर्नु हुँदैन ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले लक डाउनले मात्र कोरोना भाइरसबाट बच्न नसकिने दाबी गरेको छ ।
भाइरसबाट बच्नको लागि संक्रमणलाई नियन्त्रण गर्नुपर्ने भन्दै डब्ल्युएचओले लकडाउनले मात्रै कोरोनाबाट बच्न नसकिने दाबी गरेको हो ।
यदि हामीले यसरी यस किसिमका नियमहरुको पालना नगर्ने हो भने, लकडाउन गरे पनि खतरा भने नहराउने उनले बताए ।

एटिएम प्रयोग गर्दा अझ सचेत होऔँ
कोरोना भाइरस ‘कोभिड १९’ को कारण विश्व ब्रमाण्ड आक्रान्त बनिरहेको छ । नेपाल र नेपालीमा पनि यसको प्रभाव छ । दिनानुदिन संक्रमित संख्या बढ्नु र यसविरुद्धको भ्याक्सिनको परीक्षण एकपछि अर्को असफल हुँदै गएका कारण यसबाट बच्ने अचुक उपाय भनेको नै सावधानी अपनाउनु हो । त्यसैले हामीले गर्ने आनीबानी र व्यवहारमा सावधानी अपनायौँ भने हामी यस महामारीबाट बच्न सक्छौँ ।

यतिबेला जुनसुकै एटीएम बुथबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था छ । यसअघि एउटा बैंकको कार्ड अर्को बैंकको बुथमा प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था भएतापनि कोरोना भाइरस ‘कोभिड १९’ संक्रमणको जोखिम बढ्दै गएपछि बैंक तथा वित्तीय संस्थाहरुले निःशुल्क कारोबारको सुविधा दिएका छन् । त्यसमाथि नेपालमा अहिले लकडाउन भएका कारण पनि अति आवश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले निर्देशन दिएको अवस्थामा तपाई बैंक गईरहन सम्भव हुँदैन । तसर्थ तपाईले नजिकैको एटिएम प्रयोग गर्नुहुन्छ । तर होसीयार अब एटिएम प्रयोग गर्दा निकै सावधानी अपनाउनुपर्छ ।

भारतको यो घटनाले पनि एटीएम प्रयोगमा सावधानी अपनाउनुपर्ने प्रमाणित गर्छ ।

भारतको गुजरातमा एटीएम प्रयोग गरेका २८ जना समस्यामा परेका थिए । गुजरातको बडोदरामा एटीएम गएर आएका ३ भारतीय सैनिकमा कोरोना पोजेटिभ देखिएपछि उनीहरुसँग सम्पर्कमा आएका २८ जनालाई क्वारेन्टाइनमा राखिएको थियो । प्रारम्भिक जाँच अनुसार ती ३ जवानले एकै एटीएम बुथ प्रयोग गरेको बताइएको छ। उनीहरुले एकैदिन सो बुथबाट पैसा निकालेको उनीहरुको भनाई उदृद गर्दै अन्तर्राष्टिय सञ्चारमाध्यमले जनाएका छन् । सोही एटीएमका कारण नै उनीहरु कोरोना संक्रमित भएको आशंका गरिएको छ।

यसअर्थ विश्वभरका देशहरुले कोरोना भाइरस कोभिड–१९ विरुद्ध ‘युद्ध’ गरिरहेको वर्तमान अवस्थामा हामीले प्रयोग गरेको सार्वजनिक सवारीदेखी एटिएम, पसल, बेच्न राखिएका लत्ताकपडा, ट्वाईलेट, धारा, भर्याङ, रेलिङ, एलिभेटर प्रयोगमा सावधान हुन जरुरी छ ।

हुन त विश्वले ईन्टरनेटको माध्यमबाट एक क्लिकमा संसार तपाईको हातमा सम्भव बनाएको छ । सकेसम्म ई बैंकिङ प्रयोग गर्नुहोस् । यदि एटिएम जानैपर्ने अवस्था आएमा यी उपाय अपनाउनुहोस् ।

  • यदि तपाईंलाई रुघाखोकी छ भने बाहिर नजानुहोस्। घरमा नै आराम गर्नुहोस् । एटीएममा काम गर्दा हाच्छ्युँ आयो भने कुईनाले मुख छोपी मास्क लगाउनुहोस् । खडा हुँदा अचानक हाछ्यू आयो भने आफ्नो मुखलाई पाखुरा वा टिस्यूले छोप्नुहोस्।

 

  • प्रयोग गरिएको टिस्यू र मास्क एटीएमको डस्टबिनमा नहाल्नुहोस् । यसले अरूलाई संक्रमण फैलाउन सक्छ ।

 

  • घरबाट बाहिर निस्कँदा मास्क अनिवार्य लगाउने, पुरै अनुहार छोप्ने, हातमा पन्जा लगाउने र आँखाको सुरक्षा चस्मा प्रयोग गर्ने
  • घरबाट बाहिर निस्कँदा अनिवार्य एउटा सेनिटाइजर आफूसँगै राख्नुहोस् ।
  • कुनै स्थान फलाम, रेलिङ, सवारी साधनको डण्डी मा छुनुभएको छ भने, तुरुन्तै सेनिटाइजरले हात सफा गर्नुहोस् ।
    एटिएममा अर्को मानिस प्रयोग गर्दै छ भने दुरी कायम गरी पालो कुर्नुहोस् ।

 

  • व्यक्ति निस्केर गएपछि कुहिनाले ढोकाको ह्याण्डिल खोल्नुहोस् वा हातले खोलेर भित्र जानुहोस् र सेनिटाईजर प्रयोग गर्नुहोस् । वा एकैपटक एटिएमको बटन थिचेर सेनिटाईजर प्रयोग गर्नुहोस् । सकेसम्म पातलो ग्लोब्स् प्रयोग गर्नुहोस् ।

 

  • एटिएमको नम्बर बोर्ड थिचेर पैसा निकालेपछि सुरक्षित राखि कुईनाले थकेलेर ढोका खोल्नुहोस् र सेनिटाईजर प्रयोग गर्नुहोस् 

    

  • एटिएम प्रयोग गर्न जाँदा परिचित मानिस भेटिए नमस्कार गर्नुहोस् । वा टाढाबाट हेल्लो भन्नुहोस्। हात नमिलाउनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?