ओलीले प्रचण्डलाई भेट दिएनन्

काठमाडौं, ६ फागुन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट्न मानेन् आइतबार अध्यक्ष ओलीसँग छलफल गर्ने र त्यसपछि पार्टी एकता संयोजक समितिको बैठक बस्ने भनिएता पनि कार्यव्यस्तताको कारण देखाउँदै प्रचण्डलाई भेट्न चाँहेनन् त्यस्तै, ओलीले समय मिल्ने बित्तिकै प्रचण्डसँग आजै भेट्ने बताए स्रोतका अनुसार, अध्यक्ष प्रचण्डले भने ओलीलाई बिहानै देखि भेट्न चाहेको तर ओलीले कामको बहाना बनाउँदै भेट गर्न चाँहेन आइतबार बिहान बसेको माओवादी संसदीय दलको बैठकबाट ओलाई भेट्न भन्दै प्रचण्ड निस्किएका थिए ओली प्रचण्ड भेट भए पार्टी एकताको विवादबारे टुंग्याउने भनिएपनि आज बस्ने संयोजनसमितिको बैठक स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?