कृषि अर्थतन्त्र ओरालोतर्फ : उपराष्ट्रपति पुन

काठमाडौँ, ११ फागुन । हिमाली जिल्लाका कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि भृकुटीमण्डपमा तेस्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन–२०७४ शुरु भएको छ पशुपक्षी विकास मन्त्रालय र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार (हिमाली) आयोजनाले शुरु गरेको सो प्रदर्शनीको आज उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे प्रदर्शनीमा संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु र हुम्लामा उत्पादन भएका चिज, छुर्पी, राडीपाखी, तरकारी बीउ, केशर, तोरा जुस, कालो मसुरो, जुम्ली मार्सी चामल, हिमाली चिया, सिलाजित, सिमी, स्याउको चाना, ओखर, चिराइतो, अलैँचीलगायत बिक्रीमा राखिएका छन् हिमाली वस्तुको उपयोगमा वृद्धि एवं व्यवसायमा लगानी बढोत्तरी गर्ने अभिप्रायले शुरु गरिएको प्रदर्शनीमा ७८ बिक्री कक्ष छन् । गतवर्ष प्रदर्शनीमा रु दुई करोड ५० लाखको कारोबार भएको थियो भने यसवर्ष रु चार करोडको कारोबार हुने अपेक्षा आयोजकको छ । उच्च पहाडी १० जिल्लाका नागरिकको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले सन् २०११ देखि शुरु भएको उक्त हिमाली आयोजना सन् २०१८ सम्म सञ्चालन हुनेछ आयोजना सञ्चालनका लागि एशियाली विकास बैंकको दुई करोड डलर सहयोग प्राप्त छ भने आयोजनाको कूल लगानी तीन करोड डलर छ । सन् २०१८ सम्म एशियाली विकास बैंकको ६६ प्रतिशत, नेपाल सरकारको १५ प्रतिशत र आयोजनमा सहभागी हुने व्यवसायीको १९ प्रतिशत लगानी हुने अपेक्षा गरिएको छ कार्यक्रमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले कृषि अर्थतन्त्र ओरालो लागेकामा चिन्ता व्यक्त गरे । उनले ६७ प्रतिशत जनता कृषिमा आत्मनिर्भर भए पनि आयात प्रतिस्थापन नहुनुले कृषिमा परनिर्भरता बढ्दै गएको बताए कार्यक्रम पशुपक्षी विकास मन्त्रालयका सचिव विश्वनाथ ओलीको सभापतित्वमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?