आधिकारिक होइन भारतीय च्यानलको प्रशारण रोक्ने निर्णय

काठमाडौं । भारतीय न्यूज च्यानल नेपालमा प्रशारण रोक्ने निर्णय संस्थागत नभइ स्वच्छिक भएको खुलेको छ ।

नेपाल केवल टेलिभिजन महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार दिनेश सुवेदीले जनतासँग पैसा उठाइसकेकोले कानुनी पाटो प्रष्ट नभएकाले आधिकारिक रुपमा निर्णय नभइ स्वतस्फूर्तरुपमा गरिएको बताएका छन् ।

‘जनतासँग पैसा उठाइसकेकाले कानुनी पाटो प्रष्ट नभएकोले आधिकारिक रुपमा निर्णय गरिएको छैन । तर राष्ट्रियताको लागि टेलिभिजन अपरेटरहरुले स्वतस्फूर्त गरेका हुन्’, उनले भने, ‘जुन पार्टीको पक्षको भए पनि प्रधानमन्त्री देशको हो । प्रधामन्त्रीमाथि विदेशी मिडियाको आक्रमण देशकै राष्ट्रियता माथिको आक्रमण हो ।’

यसबारे सरकार आफैले एक्सन लिनुपर्ने भएपनि त्यो हुन नसकेको बताए । स्वच्छिक निर्णयअनुसार केबल अपरेटरहरुले केही च्यानल बन्द गराएपनि अधिकांश सञ्चारमा रहेको पाइएको छ ।

यस्तै सञ्चार मन्त्रालयले पनि यसबारे जानकारी नरहेको र मन्त्रालयले कसैलाई पनि प्रशारण रोक्ने निर्देशन नदिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?