वैज्ञानिकले गरे कमाल : अब खराब फोक्सो फेरी जीवित हुने

काठमाडौं । विश्वमा तीव्र गतिमा फैलिएको कोरोना भाइरसको बारेमा विशेषज्ञहरुले फोक्सो र हृदयको रोगका बिरामीलाई धेरै खतरा हुने बताउने गरेका छन् ।

कोरोना भाइरसले फेक्सो र हृदयलाई क्षतिग्रस्त बनाउने वैज्ञानिकहरुले बताएका हुन् । यसैबीच वैज्ञानिकले एक ठूलो सफलता हात पारेका छन् ।

उनीहरुले फोक्सो पुरा खराब भएपछि पनि स्वस्थ बनाउने तरिका पत्ता लगाएका छन् । यो आफैमा एक ठूलो सफलता भएको वैज्ञानिकहरुको भनाई छ । वैज्ञानिकहरु भन्छन् कि,दानमा मिलेको फोक्सो केहि घण्टामै खराब हुन्छ ।

नयाँ शोधपछि अब पहिला भन्दा धेरै फोक्सो उपलब्ध हुन सक्छन् । यो विषयमा जानकारी दिँदै न्यूयोर्क यूनिभर्सिटीमा फोक्सो ट्रान्सप्लान्टका विशेषज्ञ डा. ज्याकरी एन कोनले एक पत्रिकासँग कुरा गर्दै भने, यो एक परिवर्तनकारी विचार हो, जसबाट रोगीको ज्यान बच्नेछ ।

यसरी गरियो शोध

जानकारीका अनुसार कोलम्बिया र भेन्डरबिल्ट यूनिभर्सिटीका शोधकर्ता पछिल्लो आठ वर्ष यता खराब फोक्सोलाई फेरी स्वस्थ गर्नेको काम गरिरहेका थिए । ताजा शोधका अनुसार उनीहरुले फोक्सोलाई श्वास दिनको लागि प्लास्टिकको फरक फरक बक्समा राखेर एक रिस्परेटरबाट जोडेका थिए ।

फेरी त्यसलाई जीवित सुँगुरको घाँटी र बडीका केहि नलीमा जोडिदिएका थिए । जसबाट उसको रक्त बाहिकाको माध्यमबाट फोक्सोमा बग्न थाल्यो । फेरी एक दिन काम गर्न छोडेको एक फोक्सोले काम गर्न थाल्यो र प्रयोगशालामा पूर्ण स्वस्थ् पाइयो ।

मानिसमा प्रयोग हुने

यो टेक्नीक एक्स वीवो लङ्ग परफ्यूजन (ईभीएलपी) नाम दिइएको छ । यसको प्रयोग अब मानिसमा हुँदैछ ।

२८ प्रतिशत फोक्सो मात्रै प्रयोग गर्न सकिन्छ

अमेरिकी लंग एसोसिएशनका अनुसार दानमा मिलेका मात्र २८ प्रतिशत फोक्सो मात्रै काममा आउँछन् ।

किनभने अन्य फोक्सो मात्र केहि घण्टाको लागि मात्रै प्रयोगमा आउँछन् । छिटै त्यसको प्रयोग नहुँदा बिग्रिने गर्दछन् ।

शोधमा सहभागी रहेका वेन्डरबिल्ट यूनिभर्सिटीका डा. म्याथ्यू डब्ल्यूका अनुसार यदि दान गरेका ४० प्रतिशत फोक्सोमा प्रत्योरोपित हुन सके धेरै रोगीहरु प्रतिक्षाको सूचीमा बस्न आवश्यक रहँदैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?