काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक भएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै विद्युतीय कारोबारलाई बढवा दिने बताएका छन् । कोरोना महामारीको कारण असहज परिस्थीतीमा समेत विद्युतीय कारोवारले सहयोग पुर्याएको भन्दै विद्युतीय भुक्तानी तथा मोबाइल बैंकिङ्लाई बद्धि गरिने बताए । कोरोनाको कारण अर्थतन्त्रमा परेका असर न्यूनिकरण गर्दै अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने कुरामा जोड दिइने बताए ।
सरकारको सुखी नेपाल समृद्ध नेपालीको नारालाई ध्यानमा राखेर यो वर्षको मौद्रिक नीति तर्जुमा गरिएको बताए ।
सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि दर हासिल गर्ने लक्ष्य राखिएकोमा बैंक तथा वित्तीय संस्थाको तरलताको कारण केही असहज परिस्थिती सिर्जना हुने देखिएको बताए।
आर्थिक वृद्धिको लक्ष्यलाई पुरा गर्नको लागि बैंकको तरलतालाई कम गरिने उनले बताए । त्यस्तै बैंक तथा वित्तीय संस्थाको न्यूतम ३ प्रतिशतको व्याजलाई यथावत राखिने गभर्नर अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया