काठमाडौं – कोरोनाको कहरका कारण एटिएममार्फत् गरिने अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क नलाग्ने भएको छ ।
चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यो जानकारी गराएका हुन् ।
गत चैत्र ११ गतेबाट मुलुक लकडाउनमा गएसँगै सबै बैंकहरुले अन्तरबैंकिङ कारोबारमा अतिरिक्त शुल्क छुट दिँदै आएपनि साउन १ गतेबाट पुन: शुल्क थप शुल्क लगाएका थिए ।
बैंकहरुले बिहिवारदेखि एक बैंकको खातावालाले अर्को बैंकको एटिएम बुथबाट पैसा झिक्दा, मोबाइल बैंकिङमार्फत् रकम ट्रान्फर गर्दा वा क्रेडिट कार्ड प्रयोग गर्दा अतिरिक्त पैसा लाग्ने बनाएका थिए ।
यस्तै चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको मर्जर नीतिलाई अगाडी बढाइने भएको छ । यसरी एक आपसमा गाभिने बैंक तथा वित्तीय संस्थालाई अतिरिक्त सुविधा दिइने भएको गभर्नर अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया