नेपाल टेलिकम वर्कर्स यूनियनलाई फर्केर हेर्दा…

अचुत कुमार ओझा/काठमाडौं – नेपालमा ट्रेड यूनियन आन्दोलनको सुरुवात २००३ मा शान्ति नायक गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा विराटनगर जुटमीलबाट भएको थियो । नेपाल टेलिकमा कार्यरत कर्मचारीहरु खुल्ला आकाश मुनि पुतली बगैँचामा संगठीत भएर गठन भएको वर्कर्स यूनियनले आज २९ औँ जन्मकोत्सव ‘कोभिड – १९’ का बीच मनाउँदै छ ।

यस महामारीकाबीच कर्मचारीहरु र सदस्य साथीहरुको शारिरीक र मानसीक विकासको लागि विगत देखि गर्दै आएका खेलकुद, मनोरञ्जन र ज्ञानबद्र्धक कार्यक्रमहरु भन्दा फरक प्रकृतीका कार्यक्रम थप स्वास्थ्य सुरक्षा र सजगकता अप्नाएर थोरै संख्याको उपस्थितिमा सम्पन्न गर्दैछ । यस विशेष दिनमा सबै टेलिकमकर्मी मित्रहरु, यूनियनका सहकर्मी, सदस्य, शुभचिन्तक, व्यवस्थापनका सर म्याडम, छाता संगठनका नेतृत्वगण, ग्राहक महानुभाव, कम्पनीमा क्रियासिल यूनियनका साथीहरु र अन्य सरोकारवाला सबैमा प्रत्यक्ष भेटेर शुभकामना दिन नसके पनी यहाँहरुको सम्झनाका साथ सुस्वास्थ्य, दिर्घायू र ‘कोभिड – १९’ बाट आफू सुरक्षित बसौँ र अरुलाई पनि बचौँ भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

आज टेलिकमका कर्मचारीहरु र सिङ्गो ट्रेड यूनियनको लागि विशेष दिन अर्थात धेरैले भनेको “असम्भवलाई सम्भवमा बदल्न इतिहास बोकेको वर्कर्स यूनियनको जन्मदिन । जसले जन्मदेखि नै गर्विलो विगत बोकेको छ । यस यूनियनले समयक्रमका परिक्षाहरुमा आफूलाई अबल दर्जा सहित अग्रस्थानको आसनको लागि योग्य प्रमाणित गरि सकेको छ ।

कर्मचारीका हकहितका सबालमा होस् वा कम्पनी बचाउने अभियानमा यस यूनियनको भुमिका गर्व गर्न लायक छ । यस लेख मार्फत यूनियनका तिन दशकको सबै परिघटना समेट्न सम्भव नभएता पनि केही महत्वपूर्ण उपलब्धी प्राप्त गर्न गरेको योगदान र जिवनमा घटेको उतावचढावहरु आजको यस विशेष दिनमा बाँड्न चाहन्छु ।

कर्मचारीका दृष्टिमा
खासगरी ज्यालादारी र करार कामदार तथा कर्मचारीहरुलाई स्थायी बनाउने सवालमा यस यूनियनले दिएको योगदान अतुलनीय छ । व्यवस्थापन मात्र होइन अन्य क्रियासिल संगठन समेत सकारात्मक हुन नसकि रहेको समयमा आवश्यकता र औचित्यलाई हेरी सेवाको अनुभवको आधारमा प्राथमीकता दिई सम्पुर्ण कामदार कर्मचारीहरुलाई उमेरको हदको बन्देज हटाउन लगाई स्थायी नियुक्तीको व्यवस्था मिलाउने सहरानीय कार्य गरेको छ ।

जुन समय पेशागतरुपमा संगठीत हुन पाउने ज्यालादारी र करार कामदार तथा कर्मचारीहरुको अधिकारमाथी बन्देज लगाउने व्यवस्थापनको रबैया विरुद्ध वर्कर्स यूनियन संगठीत रुपमा नेतृत्व गर्दै थियो । त्यसै समय यूनियनको मुकुण्डोभित्र बसेर केही व्यवस्थापन परस्त र गैर ट्रेड यूनियन सोचहावी भएका अन्य क्रियासिल यूनियनका नेता भई टोपलेकाहरु उच्च व्यवस्थापनको घरको बगैँचा र बारतलीमा करार ज्यालादारी कामदारलाई कम्पनीबाट निकाल्नु पर्छ भनि कानेखुशी गर्दै थिए । अनि वर्कर्स यूनियनमाथि समेत कारबाही गर्नु पर्ने दबाब र सुझाव सहित चोचोमोचो मिलाउदै थिए ।

त्यसैको परिणाम वर्कर्स यूनियनका कयौ साथीहरुलाई “नोकरीबाट किन नहटाउने” भन्ने सम्मको स्पष्टिकरण सोधिएको तितो यथार्थता हामी विचमा जिवित नै छ । तर वर्कर्स यूनियन श्रमिकका पक्षमा निरन्तर लडिरहयो । आन्दोलनले एउटा आकार लिदै लक्ष्य प्राप्तीको नजिक पुगे पछि व्यवस्थापनको गुलामबाट व्यक्तीगत लाभको अपेक्षा बोकेका तर ट्रेड यूनियनको खोलमा आफ्नो औतार बेच्दै बाँचेका व्यक्तीवादी सोच बोकेकाहरु सबै भन्दा क्रान्तीकारी र सच्चा ट्रेड यूनियनकर्मी आफू रहेको हवला दिँदै सम्पूर्ण अभिभारा आफूले पुरा गरेको उद्घोष गर्न थोरै पनि हिच्किचाएनन् । तर श्रमीकहरु यो मान्ने पक्षमा थिएनन् ।

त्यस लगतै भएको आधिकारीक यूनियनको निर्वाचनमा झुटको खेती गर्ने तिर नाक खुम्चाएका कामदारहरुले दुखको साथी वर्कर्स यूनियनलाई आफ्नो मत प्रकट गरेर आधिकारीक हुने मौका समेत प्राप्त भएको विगत यस यूनियनको छ । त्यस समय व्यवस्थापनले कारबाहि गर्न प्रयास गरिएका कर्मचारी नेताहरुलाई विना सर्त पुनर्बहाली गर्न आन्दोलनले बाध्य पा-यो र ति नेतासाथीहरु पुनर्बहाली हुन पुगे ।

वर्कर्स यूनियन यतिमा मात्र अड्किएनन् बरु थप अग्रगामी सोचका साथ समानतालाई आत्मसम्मान र न्यायोचित आर्थिक वितरणलाई आत्मसाथ गर्दे करार ज्यालादारीलाई समेत भोटिङ्ग राईट्स र संस्थानबाट कम्पनीमा जाँदा कम्पनीले जारी गरेको कर्मचारी शेयर हिस्सामा सबैको समान पहुँचको लागि लडिरह्यो र अन्तत जित न्याय र श्रमीकको पक्षमा भयो ।

वर्कर्स यूनियनको जिवन पढ्दै गर्दा यस घटनाको जानकारी विना अधुरो र अपुरो रहने निश्चीत छ । यो एक अविस्मरणीय रोमान्चकारी क्रान्तीकारी क्षण हो । जुन अभियान र आन्दोलन सिङ्गो राष्ट्रिय टे«ड यूनियन कै लागि पुँजीको रुपमा रहेको छ ।

कयौँ संस्थानहरुमा जागीर गुमाउदै गरेका करार र ज्यालादारीका कामदार कर्मचारीहरुले समेत यहि नजिरको आधारमा आफूलाई स्थायी नियूक्ती गर्न व्यवस्थापनलाई बाध्य गरेका थुप्रै उदाहरण नेपालको टे«ड यूनियन अभियानमा देख्न पाईन्छ ।

यस यूनियन सधै श्रम ऐन २०४८ को पालना र सो बमोजिमका सुविधा उपलब्ध गराउन लागि परेको देखिन्छ । कर्मचारीहरुको वृत्ति विकास, सेवा सुविधा , कार्यथलोको संरक्षण र मर्यादित काम, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, दुर्घटना बिमा तथा जिवन बिमा, महँगी भत्ता, ग्रेडमा परिवर्तन , इन्सेन्टीभको व्यवस्था, खाजा खर्च, पारवाहन भत्ता , पर्यटन विदा, सापटि र विशेष बढुवा आदि ईत्यादिको पद्धती स्थापीत गर्न पु¥याएको योगदान आजको दिनमा सम्झन लायक छ ।
कम्पनीका दृष्टिमा
यस यूनियनले सधा “पहिला कम्पनी अन्तीम कम्पनी” भन्ने मुलमन्त्रलाई आत्मसाथ गरेर आफ्ना कार्यनीति र रणनीति निमार्ण गर्ने गरेको छ । कम्पनीको बजार हिस्सा सबै ठाउमा पुग्नु पर्यौ , सेवाको गुणस्तर सबैको भन्दा उत्कृष्ट हुनु पर्यौ, मुनाफाले सबैलाई उछिन्नु पर्यौ , कम्पनीको विकास, विस्तार र समबृद्धिले उच्चाई छुनु पर्यौ । यहि रणनिती बनाउन बोर्ड, व्यवस्थापन र यूनियन जुट्नुपर्‍यो। कार्यनीति कार्यान्यनमा कर्मचारीहरु लाग्ने वातावरण बनाईनुपर्यौ । यहि नै वर्कर्स यूनियनको कम्पनीप्रतिको दृष्टिकोण बन्दै आएको छ । यि सबै उपलब्धीको लागि रचानात्मक र सकारात्मक पृष्ठपोषण दिदै आएको यस यूनियनले, नेपाल टेलिकमको मात्र नभई दूरसंचार क्षेत्रकै आम्दानी घट्ने र राज्यको राजस्व गुम्ने समस्याको कारण बन्न पुगेको भिओआईपी काण्डको निराकरण गर्नको लागि उठाएको जोखिम, गरेको मेहनत र प्राप्त सफल परिणामको आधारमा, यस यूनियनले उठाएको कदमकालागि व्यवस्थापनले कदर पत्र समेत प्रदान गरेको छ ।

जुन आजको दिनमा र्फकिएर हेर्दा यस यूनियनको तिनदशक लामो यात्रामा सम्झनलायक उदारणीय कार्यको रुपमा अन्य यूनियनले समेत ग्रहण गर्नु पर्ने देखिन्छ । राष्ट्रिय ट्रेड यूनियन आन्दोलनप्रती नै नकारात्मक सोचको निर्माण भईरहेको समयमा, यूनियनहरु कर्मचारी र सदस्यहरुको सेवा सुविधामा मात्र लिप्त रहन्छन् भन्ने धारणा समाजमा निमार्ण हुँदै गईरहेको वर्तमान समयमा, यस्ता गतिविधिले ति सबै गलत साबित गर्न मात्र मदत गर्दे न समाजले ट्रेड यूनियन अभियानलाई हेर्ने दृष्टीकोण नै बदल्न सक्ने तागत राख्दछ । यस्ता प्राप्त उपलब्धीलाई ट्रेड यूनियन अभियान्ताहरुले प्रकाशमा ल्याउन सक्नु पर्दछ । जसले ट्रेड यूनियन आन्दोलनको ख्याती बृद्धिमा सहयोग पु¥योस् । ट्रेड यूनियनप्रती फैलाईएका गलत र झुटा अफावाह चिर्न र मेटाउन योगदान पुगोस् । जसले ट्रेड यूनियन आन्दोलनको दिगो जिवनको लागि अमृतपानको वर्षा गर्न सक्दछ ।

वर्कर्स यूनियनको यस अभियानले कम्पनीको अर्बौ राजस्व चुहावट हुनबाट मात्र जोगाएन बरु दूरसंचार क्षेत्रका माफीयाहरुलाई समेत गलत बाटोको यात्राबाट अन्यत्र हिड्न बाध्य पारेको थियो । यस यूनियनले दिएको मागपत्र, स्मरणपत्र र ध्यानाकर्षण पत्र आदियित्यादी मार्फत संचालीत आयोजना र त्यसको प्रभावकारी कार्यान्वयनको लागि सधै व्यवस्थापनलाई सचेत र ऊर्जा भरिरहने काम गर्यो । आयोजना प्रमुखले गरेका कामका गुण र दोषको आधारमा सहयोग र सजग गर्ने “वाच डग” को रुपमा वर्कर्स यूनियनले आफुलाई सधा निरविकल्पक शक्तीको रुपमा उभ्याई रहेको छ ।

कम्पनीमा हुने विकृति, विसँगती र खराब नियतप्रति सधा प्रश्न गर्ने, खबरदारी गर्ने र दबाब दिने गर्दे आएको छ । यि कार्यभार पुरा गर्न यस यूनियन चटानी अडानका साथ आफुलाई निरन्तर प्रस्तुत गर्दै आईरहेको छ । मानव संसाधनको व्यवस्थापन, स्रोत साधनको प्रभावकारी परिचालन, खरिदलाई पारदर्शि एवं मितव्ययी बनाउन र फजुल खर्च नियन्त्रण गर्न वैज्ञानीक र व्यवहारीक प्रक्रिया र प्रणालीको विकास गर्न यस यूनियनले आफू आधिकारीक रहदा वा नरहँदा समेत व्यवस्थापनलाई सधा सकारात्मक टे«ड यूनियन अभियान मार्फत दबाब दिदै आएको छ । जसको परिणाम सरुवा निती, खरिद प्रक्रिया, सवारी व्यवस्थापन निती लगायत धेरै नितीगत सुधार भएका छन् भने कयौँ हुने प्रक्रियामा देखिन्छ ।

तर अझै पनि निती कार्यान्वयनको पक्ष अत्यन्त निराशाजनक छ । जुन कम्पनीको हित र ट्रेड यूनियन मर्म विपरित छ । आशा गरौ पुरा हुन नसकेको र निरासाजनक अवस्थामा रहेको कार्यान्वयन पक्षलाई प्रभावकारी ढङ्गबाट कम्पनीको जिवनमा सुधार ल्याउनको लागि आगामी दिनमा प्रर्याप्त दबाब र संघर्षका साथ यस यूनियनले आफ्नो मार्ग निर्माण गर्नमा आजको दिन कोशेढुङ्गा साबित बनोस् भनि यस यूनियनका नेता तथा सदस्यहरुमा शुभकामना अपर्ण गर्न चाहन्छु ।

सांगठनिक दृष्टिमा
सांगठनिक दृष्टिले हेर्दा तिन दशकमा यस यूनियनले युप्रै आरोह अवरोह व्यहोरेको देखिन्छ। यस अवधिमा दश वटा केन्द्रिय समितिको नेतृत्व पाई सकेको यस यूनियनले कयौ पटक आधिकारीक यूनियनको जिम्मेवारी प्राप्त गर्न सक्यो भने कयौ पटक गुमाउनु परेको स्थिती छ । यसमा बाह्य कारण त छदैछ, कयौ पटक व्यक्तित्व टकराव र सैद्धान्तीक संघर्षले समेत यूनियनलाई अनिर्णयको बन्दी बनाउदा कर्मचारी प्रतिनिधी र आधिकारीक यूनियनको भुमिका यस यूनियनबाट फुस्कीयको टर्रो यथार्थ जिवन्त छ । एक के्िरन्द्रय समिति, छ वटा क्षेत्रीय समिति र सयौ इकाई तथा सम्पर्क समितिको साथमा दुई हजार माथिको सदस्य संख्या भएको यस यूनियन खासगरी नेतृत्व आफूमा आउँदा अरुलाई होचा पुण्डका देख्ने र आफुले नेतृत्व नपाउँदा नेतृत्व पाएकालाई अप्ठेरो र असहयोगको निती बोक्ने दुवैखाले अतिवादी सोचको कारण विभिन्न कालखण्डमा यस यूनियनमा आएको सुवर्ण अवसरहरुको अवसान भएको परिघटना समेत यूनियनको भोगाईमा देखिन्छ ।

समय समयमा टाउको उठाउँने गुटबन्दी र व्यक्तीवादी सोचले समेत यूनियनमा असहजता र अप्ठेरो आउने गरेको छ । यसैको दुष्परिणाम यूनियन नियमित प्रक्रीया र पद्धती भन्दा अति कठोर कदमका साथ विशेष अधिवेशनको प्रसव वेदना सहन बाध्य भएको यथार्थता हामी माझ छ । सैद्धान्तीक बिमत्ति र वैचारीक सघर्षबाट भन्दा व्यक्तीत्व टकराव र शक्त्ती सन्तुलन मिलाउन नसक्दा आएको फरक परिस्थीती र चालिएका कदम सम्बन्धमा अहिलेसम्म सदस्यबिचको बुझाईमा एकरुपकता देखिँदैन । यसपछि यूनियनमा बढ्दै गरेको मनमुटाव र ग्रुपिजम लाई राष्ट्रिय राजनितिमा भएको कांग्रेस पार्टि विभाजन र छाता संगठनमा आएको फुटको प्रभावले यूनियनका नेताहरुलाई एकै छातामुनी अट्न नसक्ने गरि मलजल गर्‍यो । जसको परिणाम नेपाल टेलिकम कर्मचारी यूनियनको नाममा नयाँ यूनियन जन्मीयो । जुन नेपाल टेलिकम वर्कर्स यूनियनको जिवन कालखण्डमा सबैभन्दा दुखद दिन बन्न पुग्यो । पछि राष्ट्रिय राजनितीमा पाटिहरु र छाता संगठनहरु त एक भए तर टेलिकम भित्रका प्रजातान्त्रीक विचार बोकेका वर्कर्स यूनियन र कर्मचारी यूनियन हालसम्म पनि पुर्ण रुपमा एक हुन सकेका छैनन् ।

केवल केही हिस्सा वर्कर्स यूनियनमा फर्किए तर केही संख्या अझै सम्म पनि अर्कै यूनियनको बोर्ड झुण्डाएर आफ्नो पौराणीक थातथलोमा नफर्कि नयाँ कोठामा नै बसी रहेको अवस्था छ । जुन घटनाले प्रजातन्त्रवादीहरुलाई अहिलेसम्म एउटै छातामुनी एकजुट गर्न सकिरहेको अवस्था छैन । यसले विगत देखिको आधिकारीक यूनियन र कर्मचारी प्रतिनिधीको निर्वाचनमा वर्कर्स यूनियनलाई ठुलो पराजयको धक्का दियो, दिईरहेको छ । जसको परिणाम विजयको नतिजा अन्य संगठनको पक्षमा पर्न गयो ।

अहिले विगतमा वर्कर्स यूनियनसँग चोइटिएर गएका तर नर्फकिएकाहरुलाई यूनियनको झण्डा र ब्यानर बचाई राख्न सदस्य संख्याको अभावले हम्मे हम्मे परि रहेको छ भने वामपन्थी विचार धाराका कर्मचारीहरु एकल संगठन निर्माण गरेर अगाडी आएको अवस्थामा वर्कर्स यूनियनलाई विगतको आफ्नो विरासत र बर्चस्व फिर्ता गर्न गाहे परिरहेको छ । त्यसैले प्रजातन्त्रवादीहरु, सच्चा ट्रेड यूनियनकर्मीहरु तत्काल एक भएर जानु पर्ने देखिन्छ ।

अन्यथा कम्पनीको स्वास्थ्यमा देखिएको प्रतिकुलता, गुम्न लागेको कर्मचारीका अधिकार र सेवा सुविधा रक्षाको सवाल र त्यस सँग जोडीएर आएको यूनियनको जिम्मेवारी प्रजातन्त्रवादीहरुको एकता विना मुस्कील देखिन्छ । तर त्यो फुट र विशेष अधिवेशनको नेतृत्व लिनेहरुले यसको औचित्य र आवश्यकता हालसम्म पुष्टि गर्न सकेको देखिदैन । आम सदस्य र नयाँ आगन्तुकको दृष्टिबाट हेर्दा केबल त्यो लहड, रोष र कसैलाई देखाई दिन्छु भन्ने अहमताले मात्रै अभिप्रेरीत गरेको देखिन आउँछ । किनकी त्यसमा कुनै एजेण्डा, विचार र सैद्धान्तीक विमती देखिदैन ।

नितान्त पदिय टकराव र शक्ती बाँडफाडको समस्या थियो भन्ने बुझाई गलत मान्न सकिँदैन । एकले अर्कैको अस्थित्व अस्विकार गर्ने, उपेक्षा गर्ने र नियोजित ढङ्गबाट नेतृत्वलाई बदनाम गर्ने सिङ्खला बढ्दै जाँदा भएको संवादहिनता र त्यसैको परिणाम एउटा टे«ड यूनियनको जिवनमा आएको अपत्यारीलो तर स्विकार नगरी नहुने वास्तविक घटना बन्न पुग्यो । यो एउटा इमान्दार, नैतिकवान र बफदार ट्रेड यूनियनकर्मीलाई झस्काई रहने सपना नभई यथार्थ विपना थियो भनि स्विकार्नुको विकल्प छैन । यि दुबै परिघटनाका नेतृत्वकर्ता कति ठिक र बेठीक भन्ने मुल्याङ्कन आम सदस्य र शुभचिन्तकबाट इतिहासमा हुने नै छ ।

जसको जिम्मेवारी पाठकमा छोड्न चाहन्छु । आजको यस दिन वर्कर्स युनियनका नेताहरुमा बाटो बिराएकाहरुलाई दिल ठूलो बनाएर ससम्मान गृह प्रवेशको वातावरण तय गर्ने र्इच्छाशक्ती प्राप्त होस् र यूनियनमा सहमती, सहकार्य र एकताको भावना थप मजबुद बनेर जायोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । हिजो घर छोडेर डेरा सरेकाहरुलाई पनि जिम्मेवार टे«ड यूनियनकर्मीको नाताले बलियो ट्रेड यूनियन अभियानको लागि, प्रजातन्त्रवादीहरुको सशक्त्त रक्षाको लागि र कम्पनीमा प्राप्त अधिकारको रक्षा गर्दै उठाईएका अन्य मुद्धाहरुको समयमा किनारा लगाउनको लागि समेत प्रजातन्त्रमा विश्वास गर्नेहरु, सच्चा र ईमान्दार टे«ड यूनियनकर्मीहरु एक हुनु पर्ने समय आएकोले विलम्ब नगरी विना संकोच र शंका एकताको लागि अगाडी बढ्न खुल्ला आहवानका साथ शुभकामना दिन चाहन्छु ।
जय टेलिकम, जय ट्रेड यूनियन ।
(लेखक नेपाल टेलिकम वर्कर्स यूनियन, क्षेत्रीय समिति ,काठमाडौंका अध्यक्ष हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?