सप्तरी, १५ फागुन – प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ५०० भन्दा बढीलाई उपचार गरिएको छ स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन एवं भीमदल गण भलुवाही ब्यारेक, राजविराजद्वारा स्वास्थ्य शिविर आयोजना गरिएको थियो सो शिविरमा भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ डा प्रकाशराज न्यौपानेसहित १६ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा दिएको बताइएको छ । श्री नम्वर २७ फिए र श्री नम्बर २८ फिएका डाक्टर दुईजनासहित नर्सिङ अर्दली–६ गरी आठजनाको टोलीले स्त्रीरोग तथा पाठेघरसम्बन्धी क्यान्सर र पुरुषको मुख तथा अन्य क्यान्सरसम्बन्धी निःशुल्क उपचार तथा औषधि वितरण गरिएको छ उक्त शिविरबाट २३३ जना पुरुष र ३३९ जना महिलालाई सेवा लिएको भीमदल गण, भलुवाही ब्यारेकले जनाएको छ अवैध मदिरा नष्टयसैबीच, प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका– १० बाट अवैध मदिरा बरामद गरेको आज बताइएको छ सप्तरीको प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले स्थानीय गुनेलाल मलाह र धडकन मलाहको घरबाट अवैध तयारी घरेलु मदिरा २५० लिटर र मदिरा बनाउनमा प्रयोग हुने कच्चा पदार्थ २५ ड्रम बरामद गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ यता बरामद गरिएको अवैध मदिरा र त्यसमा प्रयोग हुने पदार्थ स्थानीय भद्रभलादमीको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया