कपडा पेल्ने मेसिन पड्किदा दुई जना भारतीय नागरिकको मृत्यु

धादिङ, १५ फागुन । धादिङको बेनीघाट रोराङ गाँउपालिका–३ आनीगाउँमा कपडा पेल्ने मेसिन पड्किदा दुई जनाको मृत्यु भएको छ मंगलबार बिहान कपडा पेल्ने मेसिन अचानक पड्किएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ मृत्यु हुनेमा भारतीय नागरिक ५० बर्षीय अब्दुल जलिल अन्सारी र १८ बर्षीय मन्टु अन्सारी रहेका छन् ग १ त ११४४ नम्बरको ट्याक्टरमा मेशिन जडान गरि पुरानो कपडा पेलेर कपास बनाउने क्रममा मेसिन पड्किएको बताइएको छ । घटनामा परी गम्भीर भएका उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?