काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएको छ ।
मर्जरमा जानु अगाडिको जनता बैंकको समेत नाफा जोड्दा बैंकको कुल खुद नाफा ३ अर्ब ५३ करोड रुपैयाँ पुगेको हो ।
मर्जर अगाडिको जनता बैंकको नाफा ४५ करोड १३ लाख रुपैयाँ थियो भने गत आवको यसै अवधिमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा एक अर्ब ७३ करोड २८ लाख रुपैयाँ रहेको छ।
यस आधारमा बैंकको गत आवको नाफाबाट ९.१३ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया