बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

काठमाडौं, १८ फागुन । बलिउडका सुपर स्टार अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ १० मार्चमा काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबंग द टुर’ हुने तय भएको थियो । टुंडिखेलमा हुने शो ‘दबंग द टुर’मा अभिनेत्री सोनाक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकारको उपस्थित हुने भनिएको थियो विप्लव समूहले दिएको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?