काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि भोलि देखि ६३ लाख कित्ता शेयर जारी गर्ने भएको छ । कम्पनीले धितोपत्र बोर्डको स्वीकृतिमा भदौ ४ देखि आइपिओका लागि आवेदन खुला गर्दै छ ।
एक सय अंकित कूल २ करोड १० लाख कित्ता शेयरमध्ये कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ६३ लाख कित्ता शेयर साधारण शेयरका रुपमा वर्गीकरण गरेको छ । यसमा सर्वसाधारणका लागि ५६ लाख कित्ताका लागि खुलाउने भएको हो । बाँकी ३ लाख १५ हजार सामुहिक लगानी कोषहरुका लागि र ३ लाख १५ हजार कित्ता नै कर्मचारीका लागि छुट्याउने भएको छ । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६३ करोड रुपैयाँ बराबरको शेयर सार्वजनिक गरे पश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ कायम हुनेछ । सो शेयरको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
सार्वजनिक निष्कासन गरिने ६३ लाख कित्ता शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीको लागि ३ लाख १५ हजार कित्ता शेयर, नेपाल धितोपत्र बोर्ड बाट स्वीकृतिप्राप्त सामूहिक लगानी कोषको लागि ३ लाख १५ हजार कित्ता शेयर र बाँकी ५६ लाख ७० हजार कित्ता शेयर सर्वसाधरणको लागि निष्कासन गरिन कम्पनीले जनाएको छ ।
नेपालमा पछिल्लो समयमा सञ्चालनमा आएका १० नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सर्वसाधारणमा शेयरको सार्वजनिक निष्कासन गर्ने रिलायन्स लाइफ पहिलो कम्पनी हो । प्रस्तुत छ रिलायन्स लाइफ इन्स्योरेन्स का सीईओ प्रवीण रमण पराजुलीसँग लोकपथ डट कमले आइपिओ निष्कासन र कम्पनीको आगामी योजनाका सम्बन्धमा गरेको कुराकानीः
रिलायन्स लाइफ इन्स्योरेन्सले भोलि भदौ ४ गतेदेखि ६३ लाख कित्ता साधारण शेयर जारी गर्दै हुनुहुन्छ आज को दिन मा ,सर्वसाधारण लागनीकर्तालाइ रिलायन्सको आइपीओ किन्नुहोस् भन्नको लागि के भन्न चाहनु हुन्छ र कम्पनीको सीईओरुपमा लगानी कर्तासँग तपाईको कमिटमेन्ट के के छन् ?
सर्वप्रथम त म अको सबल पक्षलाई भन्न चाहान्छु । किन्ने नकिन्ने निर्णय लगानी कर्ता आफैँले गर्नुपर्छ । रिलायन्स लाइफ इन्स्योरेन्स आफैँमा एउटा भिन्न संस्था विकसित हुँदै गइरहेको छ । प्रवद्धकहरुले पनि संस्थालाई भिन्नता दिनुपर्छ। १९ वटा संस्थामध्येको एक संस्था भन्दा पनि भिन्न संस्थाको रुपमा कसरी स्थापित गर्ने भन्ने कुराको स्पष्ट धारण संस्थापक र सञ्चालक समितिको थियो । त्यसैलाई टेकेर म पनि आवद्ध भए र टिम मेम्बर पनि आउनुभयो ।
हाम्रो एउटा मेजर फोकस भनेको कोअपरेट गभरमेन्सलई उच्च प्राथामितामा राखेर अघि बढीरहेका छौँ किनभने हामी एउटा वित्तीय क्षेत्रमा छौँ । इन्स्योरेन्स कम्पनी भएपनि वित्तीय क्षेत्रमा आबद्ध छौँ । बीमा समितिबाट अनुमतिप्राप्त संस्था हौँ । हामीमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दाइत्वहरु धेरै छन्।
यो दायित्वलाई हामीले बोध गरेका छौँ । लाइफ इन्स्योरेन्स कम्पनी आफैँ एउटा सर्ट टर्म ट्रेडिङ्ग फर्म जस्तो होइन । यसको बिजनेस साइकल हेर्ने हो एउटा पोलिसी लिँदा पनि २५ औ वर्षको दाइत्व लिइरहेका हुन्छौँ । रिलायन्स लाइफ इन्स्योरेन्सको संस्थागत शुसासन हामीले पहिलो दिन देखि नै उच्च लेभलमा राख्दै आएका छौँ । उदाहारणको लागि हामीले प्रप्त गरेका परिणामहरु जस्तै १० वटा संस्थामा आइपीओमा पहिलो भयौँ । आइपीओ जारी गर्नको लागि बुक्कहरुलोज हुनु जरुरी थियो, एजियम हुन जरुरी थियो । मुल्यांकन प्रतिवेदना पुरा हुन जरुरी थियो, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिन जरुरी थियो । यो सबै प्रकृयामा हामी छिटो हुन सक्यो किनभने हामीले संस्थागत सुशासनलाई उच्च प्राथामिकतामा राखेका छौँ । जसले गर्दा हाम्रो व्यापारमास्थिर तरिकामाअघि बढीरहेको छ ।
हामीले ल्याएका प्रडक्टहरु बजारमा प्रतिशपर्धि तथा इन्नोभेटिव तरिकाले आइरहेका छन्। हामी लगायत हाम्रो टिम मेम्बरहरु जहिलेपनि कस्टुमर सेन्टिभ भएर जानुपर्यो, प्रोफेस्नल सेलिङमा जानुपर्यो, मिस सेलिङमा जानु भएन, इन्स्योरेन्सको उद्देश्य पुरा हुनुपर्यो, भन्ने गर्छन्। हामी आधारभुत कुराहरुमा नै फोकस गरेर अघि बढीरहेका छौँ । बिजनेसमा हेर्ने हो भने पहिलो बर्षमा हामी एकदम बामे सरेका थियौ। २०७५/७६ मा ८करोडको प्रिमियमलाई ७६ करोड पुर्याउन सक्यौ। २०७६.७७ मा त्यसलाई हामीले १ अर्ब ४२ करोड पुर्यायौ। हामी मार्केट कम्पिटिटरहरुवा हाम्रै लेभलमा हुने तथा पुराना संस्थाहरमा हेर्यो भने पनि प्रिमियको हिसाबले स्थिर प्लेटफर्ममा गइरहेका छौँ ।
रिलायन्स लाइफ इन्स्योरेन्स को प्रिमियम, ब्यालेन्स सिट, पिएल अकाउन्ट, लाइफ फण्ड चारवटैको इन्डिकेटरहरु एकदमै राम्रो मान्न सकिन्छ। तर १९ कम्पनीमा यति छोटो समयमा आफूलाई यो पोइन्ट पुर्याउँदा तपाईहरुको मार्केट अप्रोच अहिलेसम्मको जुन थियो के त्यो इन्नोभेटिभ इन्स्योरेन्स मार्केटिंग थियो अथवा केक शेयरिंग र अब साधारण शेयर आईपीओ जारी गरी सके पछि नया ग्रोथ र कन्सिस्तेंसी कसरी कायम गर्नु हुन्छ ?
हामीले मार्केटमा प्रिमियको साइजबाट हेर्दा ग्रोस प्रिमियममा गत वर्षको हिसाबले २०७५.७६ मा ७६ करोड गर्दा ०.९६ प्रतिशत जति थियो । गत वर्ष १ अर्ब ४२ करोडमा आउँदा झण्डै १.५ प्रतिशतको हाराहारिमा पुग्न लागेको छ । ग्रोइङ ट्रेन्डमा हामी सकारात्मक रुपले अघि बढीरहेका छौँ । नम्बरमा आवश्यक नदेखिएला तर मेजर एउटा दुई वटा संस्थाले मार्केट प्रमुख प्रभुत्व गरेका अवस्थामा त्यो पाटोलाई छुट्याउँदा यो आवश्यक हुन सक्छ । हामी दोस्रो बर्ष पुरा गरी तेस्रो बर्षमा चलीरहेको अवस्थामा प्रोफेस्नल वतावरणमा संस्था चलिरहेको छ। त्यो लेभलमा जाँदा हामी बिजनेसलाई स्थिर हिसावले गइरहेको देख्छौ।
विगतका दिनहरुमा हाम्रो पहिलो प्रिमियम नै थिए । नविकरणहरु निकै कम थिए । बैदेशिक बजारमा नोमिनल बिजनेस भएको कारण नाफा कम थियो । तर अब नवीकरणको व्यापार बढ्छ । तेस्रो वर्षमा बल्ल स्थिर बन्न थालेको छ । नयाँ व्यापार गर्दा लाइफ इन्स्योरेन्सको लागत धेरै छ । अब बल्ल पुरानो व्यापार बढी हुने अवस्था छ । अब हाम्रो नाफामा पनि सुधार हुन्छ । धेरै पारामिटरहमा त हामी राम्रो नै भइरहेको छौँ तर नाफामा भने सुधार गर्नुपर्ने ठाउँ धेरै छ । अबको हाम्रो फोकस विजनेससँगै र इफिसेन्सि कसरी गर्ने भन्नेमा केन्द्रित हुन्छ ।
आइपीओमा जानुभन्दा पहिले कुनै पनि कम्पनि को पोलिसी मै ठूलो परिवर्तन गर्दै बढ्नु पर्ने हुन्छन्, कम्प्लाइन्स लगयत थुप्रै अन्य दायित्व थपिने हुन्छ अर्को तर्फ लगानी कर्ताहरुको समेत रिटर्नको एक्सपेक्टेनसको हिसावले समेत कम्पनी मा प्रेसर थपिन जान्छ यस्तो अवस्थामा अबरिलायन्स लाइफ इन्स्योरेन्सको दायित्व कति बढ्न जाँन्छ ? त्यसलाई कसरी हेर्नु भएको छ ?
अवसर र दायित्व दुइटै आउँछ । पहिलो कुरा त हाम्रो आइपीओ पश्चात् पब्लिक लिमिटेड कम्पनीको हिसाबले धेरै लगानीकर्ता आबद्ध संस्था हुन्छ भन्ने हाम्रो आशा छ । हाम्रो बलियो पक्ष भनेको शेयरधनी पनि हाम्रो ग्राहक हुन सक्छन् । हामीले हाम्रो शेयरधनीबाट पनि थप बिजनेस बढाउने अवसर पाउन सक्छौँ । अर्को कुरा आजको दिनमा जुन विश्वासमा हामी हामी गइरहेका छौ। अबको दिनमा त्यो विश्वास अझै गहन हुँदै सशक्त रुपमा अघि बढ्न सक्छौ किन भने लगानीकर्ताले रिलाइन्सलाई विश्वास गरेर लगानी गर्नु हुन्छ भने पब्लिक कम्पनी हुँदा सर्वसाधारणको विश्वास संस्था प्रति के छ। भन्ने देखाउछ।
त्यो भन्दा ठूलो विश्वास केहि पनि हुदैन। सबैभन्दा ठूलो भ्यालु त्यही हो किनभने हामीले गर्ने हरेक कुराहरु स्टेक होल्डरको आशा हुन्छ । पहिलोकुरा लाइसेन्स दिनुको हिसाबलेरेगुलेटरको आशाके छ, गभर्ननेस होला, सबै प्यारामिटरमा खह्रो उत्रियोस् भन्ने होला । सर्वसाधारणको आशा संस्थाको प्रगति स्थिर तरिकाले जावस,संस्था इन्टिट्युचनलाइज होस, संस्थागत सुशासन होस, रिटर्नमा पनि स्थिर र बढ्दो दरमा पाँउ भन्ने आश होला । संस्थाका कर्मचारीलाई दरिलो संस्था होस् भन्ने आश होला। अभिकर्त साथीहरुलाई हरेक मापदण्डमा अघि बढोस र लाइफ इन्स्यनोरेन्स भनेपछि रिलायन्सलाई सम्झने दिन आवस भन्ने होला । यो सबैले हामीलाई अवसर र दायित्व सिर्जना गरिरहेको छ । हामीले अवसरट्याप गर्छौँ । दाइत्वलाई संस्थागत सुशासनमा अझै थप परिस्कृत गरेर उच्च प्राथामिकताका साथ अघि बढ्ने छौँ ।
आइपीओमा जान रिलायन्स लाइफ इन्स्योरेन्सले जस्तो प्रोजेक्सन को प्रतिबद्धता गरेको छ के त्यस अनुसार रिटर्न इन टर्मस अफ डिभिडेन्ड दिन सकिएला नेपाल को इन्सुरेन्स मार्केटमा अझै थुप्रै चुनौती छन् र प्रतिस्पद्र्धा व्यापक छ ?
यसलाई हामीले राम्रो नै गर्न खोज्छौँ । अहिलेको माहामारीले सर्ट टम मुभमेन्टहरु पोजेटिभ वा नेगेटिभ कसरी जाला भन्न गाह्रो छ । हामीले आइपीओमा दिने प्रेजेक्सन भनेको सर्ट टर्म मात्रै छैन । त्यहाँ ३ वर्षको प्रोजेक्सन छ । यो प्रोजेक्सन हामीले हाई पिक्चर प्रोजेक्सन गर्दैनौँ । यसलाई हामीले जति सक्दो कम राख्छौँ । हामीले जहिलेपनि यति डेलिभर गनुपर्छ यो पब्लिकमा गरिएको कमिटेन्ट हो भनेर हेर्ने गर्छौं । ब्यवस्थापकको उद्देश्य भनेको त्यो प्रोजेक्सनलाई बिट गर्दै त्यो भन्दा राम्रो गर्न खोज्ने हो । यसलाई हामी वियर मिनिमम भन्छौ । यसलार्ई सुधार गर्नको लागि नै हाम्रो टिमको उद्देश्य र मुभमेन्ट हनेछ ।
हाम्रो केसमा धेरै गाह्रो छैन भन्नुपर्छ । एउटा त संस्थागत सुशासनलाई नै टेकेर नियामकको नियम अनुसार पनि न्युनतम २ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने आवश्यकता छ । यसमा १० वटा मध्ये हामी पहिलो भयौँ । एउटा कमिटमेन्ट पुरा गर्यौं। दोस्रो भनेको हामी लाइफ इन्स्योरेन्स सेक्टरमा छौँ । हाम्रो केसमा एउटा लेभलको इन्भेष्टमेन्ट यील्डले ठूलो महत्व लिन्छ । अब एक्सटर्नल फ्याक्टरले यील्डहरु केहि घटेका होला तर यो छोटो समयको लागि हो । यो अवस्था सामान्य भएपछि कर्जाको माग बढ्छ र रेट मुभ हुन्छ ।
यसको फाइदा भन्ने हो भने त्यसको इन्भेष्टमेन्टको यील्ड चाँही यो समय देखि नै यही वर्ष पुरा गर्न सक्छौँ । त्यसलाई हामीले लगानी गरीहाल्छौँ । त्यसै राख्ने त होइन । हामी जुन व्यापारमा छौँ जस्तो खालको दायित्व लिएका हुन्छौँ । त्यो रिस्क नै हो । जति प्रिमियम संकलन गर्छौ त्यो भनेको नाफा होइन। त्यो दाइत्व हो। त्यसको इन्भेष्टमेन्ट इल्ड हाम्रो लागि इन्कमको हिसाबले हेर्ने हो। संस्थाको ग्रोथ अनुसार हामी जति क्यापिटलाइज हुँदै गयौ त्यति नै संस्थाको मजबुति पनि क्यापिटल र आफूले लिएको रिस्क प्यारामिटरमा मजबुद हुन्छ । अहिलेसम्म रिस्कमा आधारित क्यापिटल आवश्यकता हाम्रोमा लागू भइसकेको छैन तर बीमा समिति त्यसको छलफलमा लागिसकेको छ ।
ताकी जति बिजिनेसमा हामीले रिस्क लिन्छौ त्यसको केहि भाग क्यापिटल त हुनै पर्ने भन्ने छ । त्यो प्याराडाइम सिफ्टमा त रेगुलेटर जाने तयारी मै छ । हामी शुुरुमै रेगुलेटरीले तोकेको क्यापिटलभन्दा माथि भएर हिड्न पाउँदा त्यसले हामीलाई सहज हुन्छ ।
आजको दिनमा यो माहामारी भनेको पाँच महिना भइसकेको छ यसलाई रोक्न सकिदैन। कति महिना अझै जान्छ थाहा छैन । यस्तो माहामारीको बाबजुत पनि आइपीओ ल्याउनु र पछाडी नधकेल्नुको कारण के हो भने संस्थाले आफ्नो स्टेकहोल्डरलाई गरेको कमिटमेन्ट नै हो। हामीसँग त्यो कन्फिडेन्ट छ । यसलाई राम्रोसँग क्लोजरमा लग्न सहयोग हुन्छ भन्नेमा हामी विश्वस्थ छौँ र त्यही भएर पनि यो कुरालाई डिफल्ट नगरी अगाडि बढीरहेका छौँ ।
कोभिड-१९ को कारण आज को दिनमा हरेक व्यवसाय प्रभावित हुनपुगेको छ, र भाबी योजनाहरु अलपत्र बन्न पुगेको छ, कम्पनीहरु सर्भाइबल प्लान बनाउदै छन यस्तो बेलामा यति ठुलो ६३ लाख कित्ता साधारण शेयर आईपीओ जारी गर्दै हुनु हुन्छ ? नेपालका बिमा कम्पनी हरुसँग यसी पनि पोर्टफोलियो म्यनेजमेण्ट्को ठूलो अवसर छैन, बैंक डिपोजिट नै प्राइम सोर्स हो । आईपीओ पछि आउने एडिसनल क्यपिटल को प्रेसर कसरी व्यवस्थापन गर्नु हुन्छ ?
च्यालेन्जेज छ । तर ती च्यालेन्जेजलाई आत्मसाथ गर्दै जानुपर्छ ।
भाबि दिनमा रेगुलेटरीको पोलिसी कस्तो हुनुपर्ला ?
इन्भेष्टमेन्ट गाइडलाइन रिभाइज भएको छ । पहिला इन्भेष्टमेन्टको फर्ममा थियो भने अहिले टेक्नीकल रिर्जलाई बेस बनाएर हेरिन्छ । त्यसले गर्दा नयाँ कम्पनीहरुलाई जुन जुन नयाँ क्षेत्र खुलेको छ त्यसको इन्भेष्मेन्ट टेक्नीकल रिजर्भको क्यापले गर्दा ठूलो हुँदैन । छोटो समयमा विविधिकरण सम्भव हुँदैन । तर संस्था जसरी बढीरहेको छ, जुन क्यापासिटिमा हिजोको दिनमा ५ औ १० औ वर्ष लगाएको ग्रोथलाई अहिले हामीले ३ वर्षमा गरिरहेको छौँ । त्यो कुरालाई हेर्यौं भने ५ वर्षमा त्यहाँ पुग्छौ होला । त्यो पोइन्ट पुग्न सक्ने फाइदाहरुलाई नियामकले खोलिसकेको छ । यो समयमा विविधिकरण सम्भव नहुन सक्छ ।
कन्जरभेटिभ दृष्टिकोण र ट्रेडिस्नल इन्भेष्टमेन्ट प्लान्सहरुमै जानुपर्छ होला तर त्यो रेगुलेटरी प्याराडाइनबाट खुलिसकेकोले त्यससलाई टे्क्नलाई एक दुई वर्ष थप लाग्न सक्छ । त्यसमा हामी सकारात्मक छौँ । संस्था ३१ औँ महिनामा पाइला सारिरहेको छ । हामी त्यति पुुृरानो लेगेसी लिएर गएको पनि छैन । तर पहिलो कुरो स्थिरता हो । एउटा लेभलको कोषको उद्देश्य हुनुपर्यो । पहिलो भनेको कन्जरभेटिभ अप्रोच र कस्ट इफिसेन्ट मोडलमा कसरी जाने र अर्को भनेको डाइभसीफिकेसन र भ्यालु याडिसन कसरी जेनेरेसन गर्ने ताकी यील्ड पनि त्यसरी नै म्याक्स होस् । अहिले हामी त्यो ठाँउमा विस्तारै पुग्दै छौँ । त्यसमा केहि संशोधनहरु आइसकेको छ । त्यसमा केहि संशोधन चाहिन्छ भनेर त्यो ठाउँमा नटेकि बोल्नु त्यति उचीत हुँदैन।
कोभिड-१९ को महामारी र लकडाउन को अवस्थमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्नो व्यवसाय कसरी सञ्चालन गरेको थियो, फेरि नयाँ चरण को बन्दा बन्दि को सम्भावना छ । नेपालमा इन्स्योरेन्स आफैँमा अझै पनि डाइरेक्ट सेलिङ्ग मा निर्भर छ एजेन्ट टु कस्टमर रिलेसनमै निर्भर छ र कोभिड १९ को महामारीका बीच बिमा व्यवसाय सञ्चालन कतिको चुनौती पूर्ण छ ?
हाम्रो सोर्स भनेकै एजेन्सी साथीहरु हुन् । जसलाई हामी रिलायन्स साथी भन्छौँ । उनीहरुलाई हामीले भर्चुअल ट्रेडिङकै माध्यमबाट ट्रेडिङजारी राख्नसक्यौँ । पहिलो उपलब्धी भनेको त्यो हो। पहिले फिजिकल ट्रनिकङ हुन्थ्यो । व्यवसाय बिस्तारको मुख्य स्रोत एजेन्सी फोसेको विल्डप हामीले लकडाउको ३०.३५ दिनमै त्यसलाई अप गरेर अघि बढ्न सक्यौँ । रेगुलेटरीले पनि भर्चुअल ट्रेडिङलाई फर्मुलाइज गरिदिनुभयो । त्यसमा हामी अगाडि छौँ । अहिलेपनि हरेक महिनामा हरेक रिजनमा न्युनतम २ वटा टे्रडिङ हुन्छ ।
यस्तो च्यालेन्जिङ समयमा पनि भर्चुल प्लयाटफर्मबाट हाम्रा टिम मेम्बहरुलाई विल्डप गरिरहेका छौ। दोस्रो कुरा भनेको अनलाइन सोर्सिङको कुराहरु हुन् । नेपालको सन्दर्भमा अझै पनि फिजिकल मुभमेन्ट छन् । म्यानुअल इन्टरभेन्सन छन् । हामीले त्यसमा हाम्रो डिजिटल प्लयाटफर्महरुलाई एजेन्सी लेभलसम्म पनि तयार गरिरहेका छौँ । हामीले लकडानको बेलामा र पछि पनि रिलायन्स साथीहरु र टिम मेम्बरसँग भर्चुअल नै सम्पर्क गरेर रिजनमा लगाउन सक्छौँ । किनभने हाम्रो हरेक शाखा, उपशासा केन्द्रसँग नेट्रोकमा राम्रोसँग कनेक्टेड छ । डिजिटल कन्भर्सनमा बिमा ऐनका पनि लिमिटेसनहरु छन् ।
हामीले प्रकृयालाई स्वचालित बनाइरहेका छौँ । डिजिटल प्याटफर्ममा पनि एजेन्सीहरुले चाहेको केसमा अनलाइनबाट एप्लिकेसन भर्ने, प्रोसेस गर्ने कामगर्न सक्छौँ । हामीले अहिले न्यू नर्मलमा मुभ गनको लागि सबै स्टक्चरहरुलाई खडा गरिरहेका छौँ । त्यसको उपलब्धि भनेको पहिलो वर्षको प्रिमियम भन्दा पछिल्लो वर्षमा झण्डै ३६ प्रतिशतले वृद्धि भएको छ । हामीले अहिलेको परिस्थितिमा अघि बढ्न हामी तयार छौ तर बाह्य चुनौतिहरुलाई पनि आत्साथ गरेर अघि बढ्नुपर्छ ।
यो वर्षको फोकस भनेको एक्प्लानेसन भन्दा पनि इफिसेन्सीमा हो । शाखालाई कसरी इफिसेन्सी बनाउने, नफालाई कसरी सुधार गर्ने,स्टेक होल्डरको अपेक्ष, लगानीकतलेको अपेक्षलाई मिट गर्न हाम्रो फोकस रहनेछ ।
आगामी एक डेढ महिनमा मा त अब रिलायन्स लाइफ इन्स्योरेन्सको पनि नेपाल स्टक एक्सचेन्जमा ट्रेडीङ्ग शुरु हुने निश्चित छ । रिलायन्स लाइफको ओपनिङ्ग प्राइस कति हुन सक्ला अनि गेस अथवा एक्स्पेक्टेसन ?
कुनै बन्द भएन भने एक महिना भित्रै रिलायन्सको शेयर दोस्रो बजारमा कारोवार होला । मूल्य संस्थाले निर्धारण गर्ने होइन। नेप्सेले नेटवर्थको न्युनतम र अधिकतमको एउटा क्याप तोकेको हुन्छ । जहाँबाट प्राइस ओपन हुन्छ । भोलि लगानीकर्ताले संस्थाको सबल पक्षलाई हेरेर गर्ने खरिद माग र आपूर्तिले मुल्यमा डिस्कभर गर्ने हो । यो सबै कुरालाई हेरर जे मूल्य आउँछ त्यसलाई आत्मसाथ गर्ने बाहेक केहि हुदैन। यो मार्केटले नै निर्धारण गर्ने हो । लगानी कर्ताले हाम्रो संस्थाको सहि मूल्य हो भनेर जति मूल्य निर्धारण गर्छन त्यो हामीलाई स्वीकार हुन्छ ।
६३ लाख कित्ता साधारण सेयर (आईपीओ) जारी गर्दै अब रिलायन्स लाइफ, लाइफ इन्स्योरेन्स मात्र होइन क्यापिटल मार्केट मा इन्वेस्टेरको लगानीको पनि इन्स्योरेन्स गर्न आइरेका छ भन्दा सहि हुन्छ अथवा गलत ?
यो सहि कुरा हो । किनभने हामीले स्लोगन नै लिएर गइरहेका छौँ । सुरक्षित नेपालसुनौले भविष्य। त्यसमा धेरै अर्थ छ । जीवन बीमा गर्नुपर्यो भने रिलायन्सलाई सक्छौँ । बीमाको मामलामा र इन्भेष्टमेन्टको मामलामा आफूलाई सुरक्षित राखौँ । हामीले त्यो पहिलो स्लोगनले सुरक्षित नेपाल भनेको हामी जुन बिजनेसमा छौँ हरेका नेपालीले इन्स्योरेन्सको कभरेज र एडिक्वीट लिउन र भविष्यमा केही आउदा आफ्नो फ्युचर सेक्युरिटिको लागि फइनान्सियल प्रोटेक्सन एडिक्वीट होस् ।
सुनौलो भविष्य भनेको त्यो प्रेटेक्सन हामीले लिइसकेपछि भोली मलाई केहि भइहाल्छ कि भन्नेमा त्यसले आफुलाई आस्वस्था बनाउँछ । म आज आएर ढुक्कका साथ काम गरीरहेको छु भने मलाई फुल फेजमा कामगर्ने वातावरण त बनेको छ । भवितव्यमा के हुन्छ भन्ने त थाहा छैन । तर इन्स्योरेन्सको माध्यमबाट वित्तीय रुपमा सुरक्षा भने पाउँछु ।
एउटा रिस्कको प्रोटेक्सनको सेक्युरिटि भयो अर्को इन्भेष्टमेण्टको अपेक्षा भयो । कुनै पनि पोर्टफोलियोको विविधिकरणमा शेयरको इन्भेष्टमेण्ट पनि एउटा भाग हो ।
त्यसले पनि राम्रो कम्पनीमा लगानी गरेर स्थिर प्रतिफलले सम्पत्ती बढाउन गर्न सकिन्छ । त्यही भएर सुरक्षित नेपाल सुनौलो भविष्य रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जिऔँ। यो ट्यागलाई नै लिएर अघि बढीरहेका छौँ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया