मोटरसाइकल दुुर्घटनामा चालकको मृत्युु

रौतहट, २१ फागुन – स्थानीय इशनाथ नगरपालिकामा आइतबार राति मोटरसाइकल दुुर्घटना हुुँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्युु भएको छ ।इशनाथ नगरपालिका–८ जोकहा गाउँमा राति करिब ८ बजे तीव्र गतिका कारण अनियन्त्रित भई बा५४प ४७१० नंको मोटरसाइकल दुुर्घटना भएको थियो । दुुर्घटनामा स्थानीयवासी ३० वर्षीय कमोद ठाकुुरको घटनास्थलमै मृत्युु भएको जिल्ला प्रहरी नायब उपरीक्षक रामकुुमार दानीले बताए ।मृतकको शवपरीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको तथा घटनाबारे अनुुसन्धान भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक दानीले जानकारी दिए । घटनास्थल सदरमुुुकाम गौरबाट २० किलोमिटर पश्चिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?