काठमाडौँ, २१ फागुन – काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरी सुन्दरता, हरियाली बचाउन र आपत् विपद्मा आश्रय लिनका लागि खुल्ला स्थान सबैले प्रयोग गर्न पाउनुपर्ने हँुदा संरक्षण आवश्यक रहेको बताउनुभएको छ ।आज यहाँ कामपा वडा नं ३ को वडा भवनसँगै जोडिएको साढे छ आना जग्गा र सो जग्गामा बनेको एकतले भवन समेतलाई निजी उपयोगबाट सार्वजनिकीकरण गर्ने क्रममा प्रमुख शाक्यले कामपा भित्रका सबै खाली जग्गामा सार्वजनिक भवन समेत बनाउन नपाइने बताउनुभयो ।प्रमुख शाक्यले आजदेखि सार्वजनिक जग्गामा निर्मित भवन भत्काएर सार्वजनिक जग्गा संरक्षण अभियानको थालनीसमेत गर्नुभएको छ ।सो अवसरमा कामपाका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माले शहरी जीवन व्यवस्थापनमा सहजताका लागि थालिएको अभियानलाई सकारात्मक रुपमा लिन र अभियानमा सहभागी हुन शहरबासीलाई आग्रह गर्नुभयो ।सोही वडाका वडाध्यक्ष दीपक केसीले आज फिर्ता भएको जग्गाको अहिलेको बजार मूल्य रु सात करोड रहेको भन्दै अब अन्य स्थानमा पनि छुटफुट रहेका यस्ता जग्गा सार्वजनिकीकरण गर्ने काममा निरन्तर लाग्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया