राकुटेन भाइबरले २०२० को अनिश्चित पहिलो भागको सामना कसरी गर्‍यो ?

काठमाडौं । कोरोना महामारीकाबीच पनि २०२० को पहिलो ६ महिना राकुटेन भाइबर टिमका लागि एक नयाँ अनुभव बनेर आएको छ । यस्का साथसाथै यसले एक नयाँ कोसेढुँगा पनि तय गरिदिएको छ ।

यस अवधिमा भाइवरले एशिया प्यासिफिक क्षेत्रभर भाइबरको आफ्नो विस्तारलाई उल्लेखनीय मात्रामा वृद्धि गर्न सफल भएको कम्पनीको दावी रहेको छ । कम्पनीका अनुसार जसलाई हेर्ने हो भने गत वर्षको यही अवधिको तुलनामा कम्युनिटी हेर्नेको संख्यामा १२९ प्रतिशतले उछाल आएको छ भने कम्युनिटीहरुमा प्रवाहित सन्देशहरुको संख्या २०८ प्रतिशतले बढेको छ । डिसेम्बर महिनामा भाइबरले १० औं वार्षिकोत्सव मनाउने सन्दर्भमा प्रयोगकर्ताहरुका लागि आश्चर्यचकित बनाउने उत्साहजनक कुराहरु लाइनमा राखी आफूलाई एक लाइफ टाइम एप विकसित गर्ने कार्यमा भाइबरले निरन्तरता दिइरहेको छ । जसले मानिसहरुलाई सुरक्षित रुपमा सञ्चार गर्न, सुविधाजनक रुपमा काम गर्न र ब्राण्डहरुसँग जोडिन सबल बनाउने विश्वास कम्पनीेले लिएको छ ।

२०१९ को तथ्याँकसँग तुलना गर्दा भाइबरले नेपालमा २०२० को पहिलो ६ महिनाकै अवधिमा प्रति दिनको गतिविधिमा १७ प्रतिशतले वृद्धि भएर प्रयोगको एउटा रेकर्ड नै कायम गर्न सफल भएको छ ।

यसैगरी, समूहहरु र कम्युनिटीहरु बीचमा सञ्चार आदान प्रदानको सन्दर्भमा अन्य क्षेत्रले पनि गतिशील गतिविधिहरु प्रस्तुत गरेको छ । एशिया–प्यासिफिक क्षेत्रका देशहरुमा सन् २०१९ को तुलनामा हेर्दा भाइबर ग्रुपमा पठाइएका सन्देशहरुको संख्या अत्याधिक मात्रामा वृद्धि भएको देखिन्छ, जस अनुसार फिलिपिन्स्मा ९५ प्रतिशत, नेपालमा ६७ प्रतिशत, म्यानमारमा ४१ प्रतिशत, श्रीलँकामा ९१ प्रतिशत, भियतनाममा ४३ प्रतिशत र बँगलादेशमा ४८ प्रतिशत, सन्देशहरु बढेको पाइएको कम्पनीले जनाएको छ । कम्युनिटी व्यस्तता पनि यसरी नै बढेको छ, धेरैजसो देशहरुमा यसको संख्या करिब २ गुना छ भनें नेपालमा १९५ प्रतिशतले बढेको देखिन्छ ।

कम्पनीका अनुसार लाइफटाइम एप बन्ने एक दृढ लक्ष्यका साथ भाइबरले प्रयोगकर्ताहरुको जीवन पूरक गर्न र उनीहरुलाई उत्कृष्ट एप अनुभूति प्रदान गर्न २०२० को प्रारम्भदेखि नै प्रयोगकर्ता केन्द्रित विभिन्न नयाँ विशेषताहरु थप गरेको छ । मानिसहरु भर्चुअल जीवनप्रति अझ बढी जोडिएका हुनाले यी विशेषताहरु अहिले आएर अझ बढी उपयोगी साबित भएका छन् । ‘माइ नोट्स’ ले प्रयोगकर्ताहरुलाई उनीहरुका सबै उपकरणहरु भरी आफ्नो कार्य र मिडिया सिङ्क गर्न सक्षम बनाएको छ । त्यस्तै प्रयोगकर्ताको गृह पृष्ठमा देखिन शुरु भएको ‘बर्थडे रिमाइण्डर’ ले उनीहरुको सम्पर्कमा रहेकाहरुमा कस–कसको जन्मदिन परेको छ भनेर थाहा पाउन सजिलो बनाइदिएको छ । ‘डिस्एपिरिङ्ग मेसेजेस’ ले प्रयोगकर्तालाई संवेदनशील सन्देशहरुमा अवधि सीमा कायम गर्न सहज गरिदिएको छ, भने एक बेग्लै किसिमको भाइबर ‘जिआइएफ क्रिएटर’ले फोनको भिडियोहरुलाई जिआइएफमा बदल्ने सजिलो प्रक्रियाका साथ हरेकलाई आफूभित्रको सिर्जनशिलता प्रस्तुत गर्ने अवसर दिएको छ ।

कोभिड–१९ को प्रतिक्रिया एवं कम्युनिटी व्यस्ततामा वृद्धि

कोभिड–१९ महामारीको प्रतिक्रिया र क्वारेन्टाइन आदेशहरुको पालना स्वरुप प्रत्यक्ष देखादेख गरेर कुराकानी गर्नमा रोक लगाइएको हुँदा भाइबरले त्यसलाई सम्बोधन गर्न ग्रुप भिडिया र अडियो कलहरुमा एकपटकमा अधिकतम २० जनासम्म सहभागी बन्न सक्ने गरी आफ्नो कल क्षमतामा २ गुना वृद्धि गरेको छ । साथै भाइबरले प्रयोगकर्ताहरुलाई वास्तविक जीवनको सम्मान हेतू अनलाइन सञ्चार एक कदम अझ नजिक ल्याउन सहयोग गर्न कम्युनिटीभित्र सन्देशहरुमा रियाक्ट गर्न पनि सक्षम गरिदिएको छ ।

भाइबरले विश्व स्वास्थ्य संगठनको लागि एक विशेष च्याटबट शुरु गरेको छ, जसले यस अन्तर्राष्ट्रिय संस्थालाई कोभिड –१९ सम्बन्धि प्रमाणित जानकारीहरु साझा गर्न तथा कोरोना भाइरस बारे व्यक्तिहरुको जिज्ञासाहरुलाई उनीहरुकै मैसेजिङ्ग एपभित्र जवाफ दिन मिल्ने बनाएको छ ।

एशिया प्यासिफिक क्षेत्रका केही प्रमुख स्वास्थ्य संगठनहरुले विश्वासिलोे प्लेटफर्मको रुपमा भाइबरलाई कोरोना महामारीसँग सम्बन्धित प्रमाणित जानकारी पठाउन र सहयोग गर्न भाइबरसँग साझेदारी गरेका छन्, यसरी साझेदारी गर्ने संस्थाहरुमा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि एक हो ।

भाइबरको मुख्य साझेदारहरु

विश्वको वृहत्तर मेसेजिङ्ग एपहरु मध्येको एक भएको नाताले भाइबरले पनि २०२० वर्षको पहिलो खण्डमा नयाँ र उल्लेखनीय साझेदारहरुसँग सम्बन्ध कायम गरेको छ । ती सबै मानिसहरुलाई कोभिड–१९ को बारेमा भरपर्दो एवं जीवन बचाउने जानकारी प्रदान गर्न तथा व्यक्तिगत रुपमा उनीहरुलाई भौतिक दूरीको नियम बीच एक अर्कासँग सम्पर्क गरेका महसुस गर्न सकून भन्नेमा नै केन्द्रित रहेका छन् ।

नेपालका प्रमुख १० बैंकहरुले भाइबरसँग साझेदारी गर्दै बैंकिङ्ग बटको शुरुवात गरेर प्रयोगकर्ताहरुलाई मोबाइलबाटै उनीहरुको मौज्दात जाँच गर्ने, वित्तीय विवरण हेर्ने र टप अप गर्ने सुविधा प्रदान गरेका छन् । यस्तै नेपालको सबैभन्दा ठूलो इ–वालेट ट्रान्सफर प्लेटफर्म इसेवा र युएन वुमेन नेपाल जस्ता २ महत्वपूर्ण संस्थाहरुले पनि उनीहरुको आफ्नै भाइबर कम्युनिटी प्रारम्भ गरेका छन्, यसमध्ये युएन वुमेन नेपालले त आफ्नै स्टिकर प्याक पनि उपलब्ध गराएको छ ।

फिलिपिन्समा, भाइबरले लोकप्रिय मोबाइल गेम ‘मोबाइल लेजेन्ड्सः ब्याङ्ग ब्याङ्ग’ सँग साझेदारी गरेको छ, जसले खेलाडीहरूलाई इन गेम क्रेडिटहरू यसको आफ्नै भाइबर कम्यूनिटि र आधिकारिक स्टीकर प्याक मार्फत कमाउन प्रदान गरेको छ ।

म्यानमारमा भाइबरले देशको तेस्रो ठूलो दूरसञ्चार कम्पनी ‘मायटेल’ सँग महत्वपूर्ण साझेदारी गरेको छ । यसै साझेदारीको कारणले प्रयोगकर्ताहरूलाई शून्य डाटा शुल्कको साथ भाइबरको नँया अपडेट गर्न अनुमति दिन्छ, र उनीहरूलाई बर्मी कन्भर्टर सुविधामा पहुँच गर्न अनुमति दिन्छ जसले स्वचालित रूपमा ‘ज्वागी’ फन्टलाई युनिकोडमा र युनिकोडलाई ज्वागी फन्टमा रूपान्तरण गर्दछ ।

यसैबीच श्री लङ्कामा, भाइबरले सबैभन्दा ठूलो सुपरमार्केट चेन ‘कारगिल फूडसिटी’ सँग साझेदारी गरी एक इ कमर्स बोट सुरू गरेको छ । पार्टनरशिप ‘न्यूज फर्स्ट’सँग पनि गरिएको छ, जुन एक मात्र मिडिया संस्था हो जस्का ३ विभिन्न च्यानलहरूले देशमा प्रयोग हुने प्रत्येक भाषा (सिंहला, तमिल र अंग्रेजी) मा प्रकासन गर्छ र यस वर्ष सोले बोट मात्र होइन स्टिकर प्याक र कम्युनिटी पनि सिर्जना गरेको छ ।

बंगलादेशमा, तीन समूहहरूले भाइबरसँग आफ्नो कम्यूनिटिहरू सिर्जना गर्न र आफ्नो ग्राहकहरु र दर्शकहरु सँग पहुँच गर्न साझेदारी गरेका छन् । आफ्नो विशेष उत्पादन लाइनहरूलाई बढावा दिन ‘वाल्टन रेफ्रिजिरेटर एण्ड एम्प; होम अप्लायन्सेस’ ले दुई फरक कम्यूनिटिहरू सुरू गरीएको छ । वाल्टनको सिस्टर कम्पनी ‘मार्सेल रेफ्रिजिरेटर’ ले पनि आफ्नो कम्यूनिटि बनाएको छ । रमाईलो गर्नका लागि भाइबर प्रयोगकर्ताहरूलाई ‘बंगाल बीट्स’ ले आफ्नै कम्यूनिटि खोलेको छ, जसले फलोअर्सहरूलाई उनीहरूको अनुपम लोकल ट्रेन्डीङ मिम्समा अपडेटड राख्छन् र यो कम्यूनिटि यस समयमा धेरै मानिसहरूका लागि आनन्दको स्रोत भएको छ।

फेसबुकसँगको व्यावसायिक सम्बन्धको अन्त्यः

यस वर्षको आधाआधिमा भाइबरले गरेको वृहत निर्णयमध्ये फेसबुकले निरन्तर रुपमा मुनाफाको लागि उनीहरुका प्रयोगकर्ताको डाटाको जथाभावी प्रयोग गर्नु, ठूला कम्पनीहरुसँग उनीहरुका प्रयोगकर्ताहरुको संरक्षण हेतू सोसल मिडियाको प्रपोगाण्डा विरुद्ध साथ दिने कार्यमा सहभागी भएको कारण त्यससँग सम्बन्धित सबै खाले व्यवसायहरु उपर रोक लगाइनु पनि एक हो । भाइबर मेसेजिङ्ग एप, जसले आफ्नो मुख्य शक्तिको रुपमा सुरक्षालाई एक मान्दछ, यसले सोसल मिडिया प्लेटफर्ममा खर्च गरिने सबै विज्ञापनहरु तत्कालै झिकेको थियो । साथै एपभित्रका जिफी र फेसबुक कनेक्ट विशेषताहरु पनि यसले तुरुन्तै हटाएको छ ।

“एशिया प्यासिफिक क्षेत्रमा भाइबरको निरन्तर वृद्धिले महामारीको कारण पालना गर्नु पर्ने सामाजिक दूरीका बावजुद पनि मानिसहरुले उनीहरुको गोपनीयता र सहजतालाई प्राथमिकतामा राखेर गुणस्तरीय सम्पर्क कायम गर्नलाई निरन्तरता दिन सक्छन् भन्ने प्रमाणित गरिदिएको छ ।” राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जामेन्स्कायाले भनेका छन् । “गएका यी केही महिनाहरुमा हामीले भाइबरले मानिसहरुलाई परिस्थिति जे जस्तो भएपनि त्यसको उत्तम प्रयोग गर्न सक्षम बनाएको छ भन्ने वास्तविक रुपमा देखेका छौं । तपाईंको स्मार्टफोन र भाइबर एपको साथमा तपाईं अझै पनि तपाईंको घरको सुरक्षाबाट परिवार, साथीहरुसँग सम्पर्कमा रहन, गुजारा चलाउन, अनलाइन मज्जा लिन, प्रमाणित समाचारहरु प्राप्त गर्न र खरीदहरु गर्न सक्नु हुन्छ ।”

सन् २०२० को पहिलो आधा वर्षमा यस प्रकारका उपलब्धिसँगै भाइबरले आउँदा वर्षहरु र त्यसभन्दा पछाडी पनि विश्व अझै पनि महामारीको चेपुवामा रहिरहेको र यसको असर दीर्घकालीन रुपमा रहिरहने हुँदा प्रयोगकर्ताहरुलाई उनीहरुको जीवनमा मेसेजिङ्ग एप सहजरुपमा एकीकृत गराउन मद्दत गर्नलाई कडा परिश्रम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

“नेपाली बजार र हाम्रा नेपाली प्रयोगकर्ताहरू हाम्रो लागि एकदम महत्त्वपूर्ण छन् । हालका वर्षहरुमा हामीले नेपालीहरूले उनीहरूको छनौटको सञ्चार प्लेटफर्मको रूपमा भाइबरलाई अँगालेका देखेका छौँ । नेपाल र एशिया प्रशान्त क्षेत्रमा भाइबरको निरन्तर उल्लेखनीय वृद्धि देखाउँदछ कि महामारीले लगाएको सामाजिक दूरी प्रोटोकलको बाबजुद पनि मानिसहरू आफ्नो गोपनीयता र सहजतालाई प्राथमिकता दिने गुणस्तरको सम्पर्क कायम राख्न सक्छन्, ” राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जामेन्स्कायाल भन्छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?