काठमाडौं । भारतको बिहारमा एक अनौठो घटना भएको छ ।
१७ वर्षका एक युवकको मृत्युपछि अन्तिम संस्कारको तयारी भईरहेको थियो ।तर जब अन्तिम क्षण आईपुग्यो तब युवकले श्वास फेर्न थाले ।
यो देखेर त्या रहेका सबे अचम्मित बने । उक्त युवकलाई एक्सिडेन्ट पछि निजी अस्पतालमा भर्ना गरिएको थियो ।
तीन दिन उपचार गरेपछि अस्पतालले युवकलाई मृत घोषित गरिदियो । त्यसपछि आफन्तले मृत्यु भएको सोचेर अन्तिम संस्कारको तयारी थाले ।
जब अन्तिम क्षणमा उक्त युवकलाई चितामा राखियो तब श्वास फेर्न र हातका औँला चलेको देखिन थाल्यो । त्यसपछि उनलाई तत्काल अस्पताल लगिएको बताइएको छ ।
उनको नाम सौरव रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया