काठमाडौंमा अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन हुँदै

काठमाडौं– आउँदो शनिवार र आइतबार काठमाडौंमा अन्र्तराष्ट्रिय स्तरको एसिया प्यासिफिक भेजिटेरियन सम्मलेन हुँदैछ ।नेपाल शाकाहारी संघ र अन्र्तराष्ट्रिय शाकाहारी संघ (आइभियु) को सहकार्यमा हुन लागेको सो महोत्सव शाकाहारी परिकारहरूको समेत महोत्सवसमेत हुने संस्थाका उपाध्यक्ष कृष्ण गुरूङले जानकारी दिएका छन् ।विभिन्न तीस देशबाट निम्तालु आउने सो कार्यक्रम नेपालमै पहिलो भएको संस्थाका महासचिव शुरेस शर्माले जानकारी दिए । नेपालभरीका ४ सय बढी प्रतिनिधी सहभागी हुने कार्यक्रममा शाकाहारी जीवनशैलीलाई वैज्ञानिक कसीमा बहस र व्याख्या गरिने बताइएको छ । कार्यक्रम काठमाडौंको महेन्द्र पुलिस क्लबमा हुनेछ ।मासु र जनावरजन्य उत्पादनले क्यान्सरलगायतका असाध्य रोगमा योगदान गरिरहेको सन्दर्भमा शाकाहारको महत्व जगाउने र यसको प्रवद्र्धन गर्ने कार्य अत्यन्तै आवश्यक भएको रेडियो जकी तथा संघकी सदस्य रिता लिम्बुले बताइन् ।महोत्सवको उद्घाटन विगत बीस वर्षदेखि शाकाहारी खानपान अपनाउँदै आएकी वालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले गर्ने बताइएको छ । कार्यक्रमको प्रायोजन नेपाल पर्यटन बोर्ड, काठमाडौं महानगरपालिका, हेल्लो नेपाल, हिमालयन अनटप र जनता बैंकले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?