डडेल्धुरामा एक दर्जन पक्की मोटरेवल पुल निर्माण हुँदै

डडेल्धुरा, २५ फागुन- डडेल्धुराका विभिन्न नदी र खोलामा गरी करिब एक दर्जन पक्की मोटरेवल पुलःनिर्माण भइरहेका छन् ।जिल्लाको धनगाड खोला, सेरागाड, खुल्लाखेत, परछेटा, ठूलीगाड, पारिखेत लगायतका स्थानमा निर्माणाधिन त्यसका पुलको निर्माणकार्य अन्तिमचरणमा पुगेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ ।तीमध्ये दुई वटाको निर्माणकार्य सम्पन्न भइसकेको र बाँकी १० पुलमध्ये सात वटाको निर्माणकार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने निर्माण कम्पनीले जनाएका छन् ।पुल निर्माणपछि डडेल्धुराका ग्रामीण सडकमा यातायात सञ्चालनमा सहजता आउने र त्यसपछि जिल्लाका सम्पूर्ण स्थानीय तह सदरमुकामसँग जोडिने छन् । वर्षयाममा खोला तथा नदीमा पानीको मात्रा बढ्ने बित्तिकै गाडी सञ्चालनमा समस्या हुने गर्दथ्यो । यो आर्थिक वर्षबाट भने पुलका कारण सवारी साधन नरोकिने जिल्ला प्राविधिक कार्यालय डडेल्धुराका सहायक इञ्जिनियर टेकबहादुर भण्डारीले जानकारी गराए ।पुलःनिर्माणसगैं स्थानीयस्तरबाट सडक सुधारको कार्यलाई पनि तीव्रता दिएको अजयमेरु गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?