उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु

म्याग्दी, २६ फागुन । बेनी नगरपालिका– ९ आलवाङकामा विदेशबाट फर्किएका युवाले उन्नत जातका बाख्रा पालन व्यवसाय शुरु गरेका छन् ।एक दशकभन्दा लामो समय विदेशमा काम गरेर फर्किएका ३६ वर्षीय नारायण शर्माले ‘मनिष बाख्रा फार्म’ सञ्चालन गरी यो व्यवसाय शुरु गरेका हुन् । उनको फार्ममा हाल जमुनापारी, खरी, बारबरी र अजमेरी जातका ६० वटा बाख्रा छन् ।रु सात लाखको लगानीमा यो व्यवसाय शुरु गर्नुभएको शर्माले यसअघि १३ वर्ष खाडीमुलुक कतारमा रोजगारी गरेका थिए ।“आफ्नै घरपरिवारसँग बसेर गाउँमै स्वरोजगार बन्ने उद्देश्यले फार्म स्थापना गरेर व्यावसायिक बाख्रापालन शुरु गरेको हुँ”, उनले भने, “खसी, बोका, पाठापाठी र बाख्रा बेचेर वार्षिक रु तीन लाखभन्दा बढी कमाइ हुन्छ ।”एक वर्षको अवधिमा २० वटाभन्दा बढी खसी, बोका र पाठापाठी बिक्री गरिसकेको बताउँदै शर्माले फार्ममा माउ बाख्राको संख्या कम्तीमा १०० वटा पु¥याउने लक्ष्य लिएको भने । उनीलगायत परिवारका अन्य तीन जनाले पनि फार्ममा रोजगारी पाएका छन् ।श्र्माले बाख्राको आहारका लागि १२ रोपनी पाखोबारीमा राईखन्यु, बाँसलगायत हिउँदे घाँसका बिरुवा लगाएको छ भने खेतमा जै घाँस खेती गरेका छन् ।उहाँले जिल्ला पशुसेवा कार्यालयबाट बाख्रापालनसम्बन्धी आधारभूत तालीम लिनुभएको छ । फार्मबाट उत्पादित बाख्रा पात्लेखेत, घतान, पिप्ले र बेनीमा बिक्री हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?