बैतडी, २६ फागुन – मलामी गएका बेला महाकाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बैतडीका एक बालक तीन दिनसम्म पनि भेटिएका छैनन् ।शिवनाथ गाउँपालिका–६ बसेडीका १२ वर्षीय उत्तमसिंह धनाडी बिहीबार आफन्तको मलामी गएका बेला पौडी खेल्ने क्रममा महाकाली नदीमा डुबेर बेपत्ता भएका हुन् ।शिवनाथ गाउँपालिका–१ खाणघाटमा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बेपत्ता बालकको प्रहरी चौकी महाकालीबाट खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले खोजी कार्य गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया