ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

लहान, २७ फागुन – पूर्वपशिचम राजमार्गअन्तर्गत सिरहाको लहान नगरपालिका–१ स्थित सडकमा बिग्रेर रोकिराखेको ना.३ख ५१४५ नंको ट्रकमा स.३प ४८५० नंको मोटरसाइकल आज बिहान ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृतक चालक लहान नगरपालिका–१७ गोविन्दपुर निवासी ३६ वर्षीय मो.सादिर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका मो. सादिरकोे लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?