ओलीको विश्वास छ तर सरकारमा जान्नौंः राजपा

काठमाडौं, २७ फागुन – राष्ट्रिय जनता पार्टीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीलाई विश्वासको मत दिँदै संविधान संशोधन नभएसम्म सरकारमा नजाने जनाएको छ ।राजपा अध्यक्ष मण्डलका सदस्य समेत रहेका महेन्द्र राय यादवले आफूहरु सरकारसँग हातेमालो गर्न तयार भएको बताए । तर संविधान संशोधन नभएसम्म सरकारमा नजाने दोहो–याए ।यादवले प्रधानमन्त्री ओलीको वचनमा विश्वास भएपनि आफ्नो पार्टी तत्काल सरकारमा नजाने निर्णयमा पुगेको बताए ।संविधान संशोधन भएपछि भने यसबारेमा सोच्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?