‘एड्भान्स फोरजी’को तयारीमा जुट्यो टेलिकम

काठमाडौँ, २८ फागुन- दूरसञ्चार क्षेत्रको पछिल्लो प्रविधि फोरजी सेवा सुरु गरेको १४ महिनासम्म दुई सहरमा सीमित नेपाल टेलिकम अब भने यसलाई अझ रुपान्तरण गर्दै ‘एड्भान्स फोरजी’ सञ्चालनको तयारीमा जुटेको छ । नेपालमा हाल उपलब्ध फोरजीभन्दा निकै गुणस्तरीय सेवासहित आक्रामक बजारीरकण सुरु गर्ने टेलिकमको योजना छ, कारोबार दैनिकमा खबर छ ।टेलिकमले कम्पनी र ग्राहक दुवैको रूपान्तरण हुने गरी एडभान्स फोरजी सेवा विस्तार गर्ने जनाएको छ । लामो समयको पर्खाइपछि देशभर एकैपटक विस्तार गर्ने लक्ष्यसहित एड्भान्स फोरजीमा टेलिकम जुटेको हो । अब टेलिकमले फोरजी सेवा विस्तार गर्दा जहाँ कुनै पनि सेवा पुगेको छैन, त्यस्तो ठाउँमा सिधैं एड्भान्स फोरजी सेवा विस्तार गर्नेछ ।टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अहिलेसम्म नेपालमा भएको फोरजीभन्दा नयाँ प्रविधि भएको र डाटा तथा भ्वाइसमा उच्च गुणस्तरको सेवा दिनसक्ने गरी फोरजी सेवा ल्याउन लागिएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?