काठमाडौं, २८ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार अपरान्ह भएको विमान दुर्घटनामा पर्नेमध्ये १४ जना मेडिकल विद्यार्थी भएको पाइएको छ । दुर्घटनामा पर्ने १४ जनामध्ये १३ जना विद्यार्थी बंगलादेशको जलालावाद रागिब रविया मेडिकल कलेज र अर्को एक जना कुमदिनी वुमन्स् कलेजमा एमबिबिएस अध्ययनरत थिए ।बंगलादेशमा एमबिबिएस अध्ययनरत विद्यार्थी तथा नेप्लिज मेडिकल स्टुडेण्टस् एशोसिएसनका अध्यक्ष नवीन यादवका अनुसार अधिकांश विद्यार्थीहरु आफ्नो परीक्षा सकाएर नेपाल फर्कदैँ थिए । केही विद्यार्थीहरु अन्तिम परीक्षा दिएर नेपाल फर्केका त केही विद्यार्थीहरु आन्तरिक परीक्षा सकाएर नेपाल फर्कदै थिए । दुर्घटनामा परेकामध्ये समिरा बज्राचार्य, चारु बराल र प्रिन्सी धामीको केएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्य विद्यार्थीको बारेमा भने थप जानकारी प्राप्त हुन सकेको छैन ।यी हुन् विमान दुर्घटनामा परेका एमबीबीएस विद्यार्थीहरुजलालावाद रागिब रविया मेडिकल कलेजमा अध्ययनरत१. सञ्जय पौडेल२. सञ्जया महर्जन३. निगा महर्जन४. एञ्जिला श्रेष्ठ५. पुर्णिमा लोहनी६. श्वेता थापा७. मिली महर्जन८. सरुना श्रेष्ठ९. अल्जिना बराल१०. चारु बराल११. समिरा ब्यञ्जनकार१२. आश्ना शाक्य१३. प्रिन्सी धामीकुमदिनी वुमन्स कलेजमा अध्ययनरत१४. श्रेया झा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया