राष्ट्रपतिसँग बंगलादेशका राजदूतको भेट

काठमाडौँ, २९ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेट गर्नुभएको छ ।सो अवसरमा राष्ट्रपति भण्डारीले सोमबार यूएस बंगलादेश विमान दुर्घटनामा बंगलादेशका नागरिकको निधन भएकोमा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो । उहाँले राजदूतमार्फत बंगलादेशका आफ्ना समकक्षी राष्ट्रपतिलाई समेत समवेदना सन्देश पठाउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?