विमान दुर्घटनाका ११ मृतकको शव पोष्टमार्टम सम्पन्न

काठमाडौं– सोमबार भएको युएस बंगला विमान दुर्घटनाका मृतकमध्ये ११ जनाको शब पोष्पमार्टम सकिएको शिक्षण अस्पताल महाराजगंजले जनाएको छ ।अस्पतालका चिकित्सक प्रमोद श्रेष्ठले दुर्घटनामा परी मृत्य भएका ४९ शवमध्ये ११ जनाको पोष्टमार्टम सकिएको मंगलबार साँझ सञ्चारकर्मीलाई जानकारी गराए । उनले सबै पोष्टमार्फत सक्न कम्तीमा ५ दिन लाग्न सक्ने समेत सो अवसरमा जानकारी दिए ।अधिकांश शब जलेको अवस्थामा रहेकाले पहिचान गर्न कठिनाई भएको भन्दै पहिचान हुन नसकेका शबहरुको डिएनए नै गर्नुपर्ने अवस्था आउने उनले बताए ।उनले शब पोष्टमार्टमका क्रममा परिवारका सदस्यबाट पीडाकाबीच पनि सहयोग भइरहेको सो क्रममा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?