गोली प्रहारबाट घाइते मेयर चौधरीलाई भेट्न पुगे मुख्यमन्त्री

काठमाडौं, २९ फागुन– अज्ञात समूहको खुकुरीका साथै गोली प्रहारबाट घाइते भएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।नेपालगन्ज मेडिकल कलेजबाट मंगलबार उनलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा ल्याइएको हो ।यसैबीच ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार साँझ चौधरीलाई भेटेर स्वास्थ्यअवस्थाबारे जानकारी लिएका छन् ।सो क्रममा भट्टले घटनामा संलग्न दोषीहरु लाई यथाशीघ्र कानूनी दायरामा ल्याई कारबाही गरिने जानकारी समेत दिए ।उनको टिचिङ हस्पिटलको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।सोमबार साँझ घोडाघडीमा अज्ञात समूहबाट उनीमाथि आक्रामण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?