आयोगले भण्डारी राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र बुझायो

काठमाडौं, २९ फागुन– निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन उनी पुन राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ  ।आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नेपालको संविधानको धारा ६२ बमोजिम राष्ट्रपतिको निर्वाचनमा भण्डारी निर्वाचित भएकोमा भएकोमा प्रमाणपत्र बुझाउँदै बधाई ज्ञापन गरेका हुन् ।उक्त अवसरमा निर्वाचन आयोगका पदाधिकारीहरु समेतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?