गर्भपतन गराउने महिलाको संख्या घट्यो

गगन अयडी धनगढी, २९ फागुन–कैलालीमा सुरक्षित गर्भपतन गराउने महिलाको संख्या चालु वर्षको आठ महिनाको तुलनात्मक रुपमा घटेको छ ।अघिल्लो दुई वर्षको तुलनामा सेती अञ्चल अस्पतालमा यस वर्ष सुरक्षित गर्भपतन गराउनेको संख्या घटेको पाइएको छ ।यस वर्ष साढे सातसय बढी महिलाले सुरक्ष्ँित गर्भपतन गराएको तथ्यांक छ । धनगढीस्थित सेती अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन गराउने महिलाहरुको संख्या यस वर्ष घटेको छ ।जनचेतानको विकाससंगै अस्थायी साधनको प्रयोग बढेपछि सुरक्ष्ँित गर्भपतन गराउनेको संख्या घटेको हो । गत बर्षभन्दा यस वर्ष गर्भपतन गराउने महिलाको संख्या घटेको सुरक्षित गर्भपतन वार्ड ईन्चाज भगवती बडालले बताइन् ।चालू आर्थिक वर्षको आठ महिलामा सात सय ६७ महिलाले सेती अञ्चल अस्पतालमा गएर सुरक्ष्ँित गर्भपतन सेवा लिएका छन् ।गत एक वर्षको अवधिमा १ हजार ६ सय महिलाले गर्भपतन गराएका छन् । गत वर्षको यो संख्याको तुलनामा यस वर्ष गर्भपतन गराउने महिलाको संख्या कम हो ।अघिल्ला वर्षहरुमा भने विभिन्न कारणहरुले गर्भपतन गराउने महिलाहरुको संख्या केही बढी रहेको इन्चार्ज बडालको भनाई छ ।नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था रहेको छ ।पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउने क्रम रहिआएको अस्पताले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?