गृहमन्त्रालयको प्रवक्तामा रामकृष्ण सुवेदी नियुक्त

काठमाडौं, ३० फागुन । राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशन रहेका रामकृष्ण सुवेदीलाई गृहमन्त्रालयका प्रवक्तामा नियुक्त गरिएको छ ।सुवेदीले बुधबारदेखि नै गृहमन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन् ।यसभन्दा अघिका प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीलाई मन्त्रालयको नीति तथा योजना महाशाखामा सुरुवा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?