काठमाडौंमा गोली चल्यो, गुण्डा नाइके गणेश लामा समातिए

काठमाडौं, ३० फागुन – काठमाडौंको गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेको बताइएको छ ।गोली चलेपछि उतिबेलै घटनास्थल पुगेको प्रहरीको टोलीले गुण्डाका नाइके भनिने गणेश लामालाई पक्राउ परेको छ ।गोलीले कसलाई लाग्यो र क्षति भयो कि भएन भन्नेबारेमा अझै केही खुल्न सकेको छैन । गणेश लामालाई एउटा पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पेस्तोलसँगै उनी चढ्ने बा ३ च १७२ नम्बरको गाडी समेत प्रहरीले बरामद गरेको जनाइएको छ ।प्रहरीको नियन्त्रणमा रहेका लामामाथि थप अनुसन्धान भइरहेको छ । गोली के कारणले चलेको हो भन्नेबारेमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?