काठमाडौँ, १ चैत – कामु प्रधानन्यायाधीश दीपकराज जोशीले न्यायपालिकाको सुधारका लागि कार्यान्वयनमा रहेको पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयन गरी नागरिकको न्यायका लागि काम गरिने बताएका छन् ।कामु प्रधानन्यायाधीशको जिम्मेवारी आज सम्हालेपछि कानून तथा न्याय मामिला पत्रकारसँग कुराकानी गर्दै उनले अदालत भनेको नागरिकको सुरक्षा गर्ने महत्वपूर्ण संस्था भएकाले हरदम तिनको न्याय र भलाइका लागि काम गरिने प्रतिबद्धता व्यक्त गरे ।न्यायपालिकाको रणनीतिक योजनालाई नै प्राथमिकतामा राखिने बताउँदै उनले भने, “यदि कहीँ कतै बिग्रेको छ भने त्यो अरु कसैको नभएर हाम्रै कारणले भएकाले अरुलाई दोष नदिई त्यसमा समाधान गर्न प्रयत्नशील रहनेछु ।”न्यायपालिकाप्रति अपनत्व र सर्वसाधारणप्रति जनआस्था वृद्धि गर्न लागिपर्ने बताउँदै उनले अदालत तथा माताहतका अदालतमा मुद्दाको संख्या घटाउन न्यायको वैकल्पिक उपाय मेलमिलाप तथा स्थानीय न्यायिक समितिबाटै मेलमिलाप गरेर सामान्य विषय टुङ्ग्याइने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया