गगन अयडी धनगढी, चैत १–धनगढी उपमहानगरापालिकाका जनप्रतिनिधिले आगामी बजेटबाट लैङ्गिक उत्तरदायीत्वलाई प्राथमिकता दिइने बताएका छन् ।बिगत दुई दशकसम्म जनप्रतिनिधि विहीन रहेका स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि अहिले सेवा प्रवाह पनि फेरिएको छ ।समाजमा महिला र पुरुषको आवश्यकताका आधारमा समावेशी बजेटलाई प्राथमिकता दिइने जनप्रतिनिधिहरुले जोड दिएका छन् ।विगत लामो समयसम्म जनप्रतिधिविहीन रहेका स्थानीय तहमा लैङ्गिक समावेशीतालाई मध्यनजर गर्न नसक्दा अहिले हरेक क्षेत्रमा पुरुषको तुलनामा महिलाको प्रतिनिधित्व न्युन रहेको छ ।नेपालको निजामति सेवामा पनि ८४ प्रतिशत बढी पुरुषको बाहुल्यता छ । महिलाका क्षेत्रमा न्युन बजेट बिनियोजन हुनु र भएको बजेट पनि सोही क्षेत्रमा कार्यन्वयन नहुंदा अहिलेसम्म महिलाहरु पिछडिएको भन्दै अब त्यस्तो हुन नदिने वडा नम्बर चारका महिला वडा सदस्य माया भण्डारीले बताउनभयो ।संघीयता कार्यान्वयनका चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पछि भने अब नागरिकमा समावेशिताको अनुभुति हुन थालेको छ । प्रत्येक वडामा महिला सदस्यको अनिवार्यता भएपछि निर्वाचित भएर आएका वडा सदस्यहरु अहिले आफ्ना हक अधिकारका लागि आवाज उठाउन थालेका हुन् ।धनगढी उपमहानगारपालिकामा निर्वाचित भएर आएका महिला सदस्यहरुले अब लैङ्गिक उत्तरदायी बजेट कार्यान्ययनमा जोड दिने स्थानीय वडा महिला सदस्यहरुको भनाई छन् ।स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका निर्देशक जय कृष्ण श्रेष्ठले अब रहेक स्थानीय तहले महिला र पुरुषका फरक–फरक आवश्यकताका आधारमा बजेट निर्माणमा जोड दिनुपर्ने श्रेष्ठले बताउनुभयो ।स्थानीय तहले खर्च गर्ने बजेटबाट पुरुष सरह महिला पनि लाभान्वित हुनका लागि लैङ्गिक उत्तरदायी बजेट निर्माणमा जोड दिनुपर्ने उहा“को भनाई छ ।लैंङ्गिक उत्तरदायी बजेट कसरी खर्च भइरहेको छ भन्ने बारेमा जनताले पनि सचेत बन्न जरुरी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया