कोरोना महामारीमा कस्तो छ वैदेशिक व्यापारको अवस्था ? आयात २२.०७ प्रतिशतले प्रतिस्थापन !

काठमाडौं । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो दुइ महिना अर्थात् साउन र भदौ महिनामा गत वर्षको यहि अवधिको तुलनामा वैदेशिक व्यापारमा सुधार देखिएको छ ।

आयात घटेको छ भने निर्यात वृद्धि भएको छ । चालू आ.व को पहिलो २ महिनामा १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६७ हजार ७ सय ३१ रुपैयाँ बराबरको सामान निर्यात भएको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा २ खर्ब २९ अर्ब ५० करोड ३६ लाख ९६ हजार ३ सय ६४ रुपैयाँ बराबरको कारोबार भएको थियो । कोरोना महामारीका समयमा आयात २२.०७ प्रतिशतले प्रतिस्थापन भएको छ ।

त्यस्तै निर्यातको तथ्याङ्क र्हेने हो भने गत वर्षको सोहि अवधिको तुलनामा चालू आर्थिक वर्षमा १०.४९ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको २ महिनाको समयमा १८ अर्ब ५० करोड १८ लाख ५४ हजार २ सय ८ रुपैयाँ बराबरको निर्यात भएकोमा चालू आर्थिक वर्षमा बढेर २० अर्ब ४४ करोड ३० लाख ६२ हजार १ सय ८ रुपैयाँ बराबरको निर्यात भएको छ ।

हाल विगतको वर्षको सोहि समयमा भन्दा तुलनात्मक रुपमा वैदेशिक व्यापार सुधार देखिए पनि चालू आर्थिक वर्षको २ महिनामा व्यापार घाटा १ खर्ब ५८ अर्ब ४० करोड ३२ लाख ५ हजार ६ सय २३ रुपैयाँ रहेको छ तर गत वर्षको तुलनामा सो रकमको २४.९३ प्रतिशत बढि रकम अर्थात् २ खर्ब ११ अर्ब १८ लाख ४२ हजार १ सय ५६ रुपैयाँ बराबरको रहेको थियो । १ वर्षको अन्तरमा २ महिनाको तथ्याङ्क हेर्दा २४.९३ प्रतिशतले व्यापार घाटामा सुधार देखिएको छ ।

कुल वैदेशिक व्यापार घाटामा गत वर्ष आयातको हिस्सा ९२.५४ प्रतिशत रहेको थियो भने निर्यातको हिस्सा जम्मा ७.४६ प्रतिशत रहेको थियो । चालू आर्थिक वर्षमा यो तथ्याङ्मा सुधार भई आयातको हिस्सा ८९.७४ प्रतिशतमा झरेको छ भने निर्यातको हिस्सा १०.२६ प्रतिशतमा बढेको छ ।

चालू आर्थिक वर्षको पहिलो २ महिनामा नेपालले कुल १०६ मुलुकहरुसँग वैदेशिक व्यापार गरेको छ । जसमा आयातको हिस्सा १ खर्ब ७८ अर्ब ८४ करोड ६२ लाख ६७ हजार ७ सय ३१ रुपैयाँ बराबरको रहेको छ भने निर्यातको हिस्सा २० अर्ब ४४ करोड ३० ६२ हजार १ सय ८ रुपैयाँ रहेको छ । जसमा भारतबाट मात्र १ खर्ब १९ अर्ब ६३ करोड ३३ लाख ५३ हजार ६ सय ३७ रुपैयाँ बराबरको आयात भएको छ भने १४ अर्ब ४२ करोड ८९ लाख १४ हजार ८ सय २४ रुपैयाँ बराबरको मात्र निर्यात भएको छ ।

वैदेशिक व्यापारमा नेपालले ३० वटा मूलुकहरुसँग आयात मात्र गरेको छ भने जम्मा ७ वटा मूलुकसँग निर्यात मात्र गरेको छ ।
भन्सार नाकाका आधारमा विरगन्ज भन्सारबाट सर्वाधिक कारोबार भएको छ जसको कुल आयातमा ३०.०९ प्रतिशत हिस्सा रहेको छ भने निर्यात हिस्सा ३१.०३ प्रतिशत रहेको छ । नेपालमा रहेको २७ भन्सार मध्ये सबै भन्सारबाट सामान आयात गरिएको छ भने जम्मा १२ वटा भन्सारबाट मात्र निर्यात गरिएको छ ।

चीनसँग द्धिपक्षिय व्यापार विस्तार गरेको नेपालले हालसम्म रसुवा र तातोपानी भन्सारबाट केहि पनि निर्यात भएको छैन ।

चालू आर्थिक वर्षको २ महिनाको अवधिमा तातोपानी भन्सारबाट १९ करोड १२ लाख ६ हजार ५ सय ४४ रुपैयाँ बराबरको आयात गरिएको छ भने रसुवा भन्सार बाट १ अर्ब ३८ करोड ९७ लाख २२ हजार ९ सय ८७ रुपैयाँ बराबरको आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?