सार्वजनिक कार्यक्रममा देखिइन् बोक्सीको आरोपमा कुटिएकी राधा

कैलाली, २ चैत– बोक्सी आरोपमा कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलीमा ६ घण्टासम्म लगातार कुटपिटमा परेकी युवती बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक बनेकी छिन् ।स्थानीय २० वर्षीय राधा चौधरी शुक्रबार बोक्सी प्रथाविरुद्धको अभियानमा सरिक भएकी हुन् ।‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण अभियान’ ले आयोजना गरेको चेतनामूलक कार्यक्रममा उनी सहभागी भएकी हुन् ।सोही अवसरमा उनलाई सामूहिक अभिनन्दन समेत गरिएको छ ।कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा बाल्दै राधाले आफू निर्दोश भएको बताइन् । अभियानका संयोजक गोविन्दशरण उपाध्यायका अनुसार सोही अवसरमा बोक्सीप्रथाविरुद्धको सामाजिक चलचित्र ‘अग्नीदह’ पनि प्रदर्शन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?