मोरङ, ३ चैत । सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करिब चार लाख क्षति भएको छ ।साँझ ७ बजेतिर ग्यास सिलिण्डर चुहावट भई लागेको आगोले ५० हजार तथा ३ तोला सुनको गहना र ३० तोला चाँदीसमेत जल्दा करिब ४ लाख ४५ हजार बराबरको क्षति भएको जनाइएको छ । आगो प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया