वैज्ञानिक वन व्यवस्थापन नीतिबारे विवाद

गगन अयडीकैलाली, ३ चैत– वैज्ञानिक वन व्यवस्थापन तथा दिगो वन व्यवस्थामामा भाषिक समस्या देखिएपछि वनकर्मीहरु विभाजित भएका छन् ।सरकारी क्षेत्रका वनकर्मी र सामुदायिक क्षेत्रका वनकर्मीहरुले यस विषयमा फरक धारणा राखेका छन् ।वैज्ञानिक वन व्यवस्थापनका बारेमा स्थानीय उपभोक्ता जानकार नरहेको सामुदायिक वन व्यवस्थापन महासंघका अध्यक्ष गणेश कार्कीले बताए ।वैज्ञानिक वन व्यवस्थापनका लागि सामुदायिक वनले लगानी गर्न नसक्ने देखिएको छ । वनको दिगो व्यवस्थापन चाहेको सामुदायीक वन व्यवस्थापन महासंघका अध्यक्ष गणेश कार्कीले जिल्ला वन र ठेकेदारको लाभका लागि मात्र वैज्ञानिक वन रहेको बताए ।कैलालीमा १ साझेदारी वन तथा ५ ओटा सामुदायीक वन वैज्ञानीक वन व्यवस्थापनको प्रक्रियामा गएका छन् ।२० सामुदायिक वन पुनः वैज्ञानिक वन व्यवस्थापनको तयारीमा रहेको जिल्ला वन कार्यलय कैलालीले जनाएको छ ।कैलालीका जिल्ला वन अधिकृत नवराज काफ्लेले वैज्ञानिक वन व्यवस्थापन र दिगो वन व्यवस्थापन एउटै रहेको बताए ।वन व्यवस्थापनका लागि सरकारले विभिन्न योजना तर्जुमा तयार पारेर लैजान जरुरी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?