बागलुङ, ३ चैत – सदरमुकामदेखि कुश्मिसेरा जाँदै गरेको ध१प २९३ नंको पिकअप जिप आज साँझ बागलुङ नगरपालिका–१ मालढुङ्गामा दुर्घटना हुँदा चालकसहित आठ यात्रु घाइते भएका छन् ।घाइतेको धवलागिरि अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विश्वराजसिंह थापाले जानकारी बताए ।घाइतेमध्ये दुईजनाको अवस्था जटिल रहेको र अन्यको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । सडक छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएर जिप दुर्घटनामा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया