रोल्पा, ४ चैत – सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् ।रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी नेतृत्वको टोलीले चरेशसहित ती महिलालाई पक्राउ गरेको बताइएको छ । “डेरामै लुकाएर राखिएका अवस्थामा सो चरेश पक्राउ गरेका हौँ”, प्रहरी प्रवक्ता पन्थीले भने ।अभियुक्त विकलाई हाल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अनुसन्धानपछि उनलाई लागुऔषध कारोवार ऐनअन्तर्गत कारवाही गरिने प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया